शिक्षा

एसईई स्पिकर सिजन-६ का विजेतालाई नगद पुरस्कार


धरान: धरान उपमहानगरव्यापी वक्तृत्वकला प्रतियोगिता ‘एस.ई.ई. स्पिकर, सिजन–६’ का विजेताहरूलाई आइतबार एक कार्यक्रमकाबीच नगद पुरस्कार तथा सम्मान प्रदान गरिएको छ।
धरानस्थित सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.को सेमिनार हलमा आयोजित कार्यक्रममा आयोजक -याडिकल लाईट नेपाल प्रा.लि. का अध्यक्ष तिर्थ कार्कीले विजेताहरूलाई नगद पुरस्कार वितरण गर्नुका साथै खादा लगाएर सम्मान गरेका थिए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेकी तमन्ना बान्तवा राई ले नगद १० हजार रुपैयाँ प्राप्त गरिन्। त्यसैगरी फस्ट रनरअप प्रीन्जा विश्वकर्मा ले ५ हजार रुपैयाँ, सेकेन्ड रनरअप खुशी लिम्बु ले ३ हजार रुपैयाँ तथा थर्ड रनरअप पूजा राई ले १ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए।
धरान उप-महानगरपालिकाभित्रका माध्यमिक क्षिक्षा परीक्षा(एस.ई.ई.) दिएर बसेका विद्यार्थीहरूको वक्तृत्वकला, नेतृत्व क्षमता, आत्मविश्वास र सार्वजनिक अभिव्यक्ति कौशल विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको फाइनल चरण गत जेठ १३ गते मंगलबार सम्पन्न भएको थियो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई बधाई दिँदै आयोजकले यस्ता सिर्जनात्मक तथा व्यक्तित्व विकासमूलक कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। प्रतियोगिताले धरानका विद्यार्थीहरूमा सार्वजनिक बोलाइप्रतिको रुचि बढाउनुका साथै प्रतिभा पहिचान र प्रोत्साहनमा समेत सकारात्मक योगदान पुर्‍याएको आयोजकको भनाइ थियो।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई