
सोल: किरात राई समाज स्पेनले उभौली चाड मनाएका छन् ।स्पेनको राजधानी म्याड्रिड स्थित मे १० तारिक सोमबारका दिन किरात राई समाजले किरात सम्बत-५०८६ उभौली चाडको अबसरमा साकेला नाच नाचेर भव्य रूपमा मनाएका हुन् । उक्त उभौली कार्यक्रममा साकेला नाच, नेपाली मौलिक गीत-संगीत तथा नुत्य प्रस्तुत गरेका थिए ।
किरात राई समाज स्पेनका अध्यक्ष युबराज चाम्लिङ राई सहित प्रवासमा रहेका किरात राई समुदायका अग्रज व्यक्तित्वहरुले विधिवत रूपमा पुजा गरि उभौलि साकेलाको उद्घाटन गरेका थिए । समाजका अध्यक्ष राईले किरात राई समुदायले प्रकृति, भूमि र पुर्खाको पूजा गरी धुमधामका साथ उभौली चाड विगत ३ वर्षदेखि स्पेनमा मनाउदै आएको बताए । अध्यक्ष राईले उभौली चाडले प्रवासमा बसोबास गर्ने नेपाली समुदायबीच मौलिक भाषा, संस्कृति र पहिचान जोगाउन महत्वपूर्ण भुमिका खेलेको बताए । किरात समुदायको उभौली चाडले आगामी दिनमा प्रवासमा रहेका नेपालीहरूबीच सांस्कृतिक एकता, सद्भाव र पहिचानलाई अझ सुदृढ बनाउन पुलको रूपमा रहने समेत समाजका अध्यक्ष राईले बताए ।
कार्यक्रममा एनआरएनए, विभिन्न समुदाय तथा सामाजिक संघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।


