शिक्षा

जापान अध्ययनको भरोसायोग्य गन्तव्य बन्दै ‘चुबासा ग्लोबल एजुकेसन’

धरान: जापान अध्ययनका लागि विद्यार्थीहरूको आकर्षण बढ्दै जाँदा धरान–३ स्थित ‘चुबासा ग्लोबल एजुकेसन फाउन्डेसन’ जापान जान चाहने विद्यार्थीहरूको भरोसायोग्य गन्तव्य बन्दै गएको बताएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका म्यानेजर ईसाक खड्काले जापानको सिओई अथवा भिसाप्रक्रियामा विद्यार्थीको कागजपत्रको सूक्ष्म अध्ययन गरेर मात्र आवेदन प्रक्रिया अघि बढाइने भएकाले सफलता दर उच्च रहेको दाबी गरे।
उनका अनुसार संस्थाले विद्यार्थी र अभिभावकलाई सहज हुने गरी कागजपत्र तयारीदेखि उपयुक्त कलेज छनोटसम्म परामर्श तथा सहजीकरण गर्दै आएको छ।
नेपाल सरकार शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त उक्त संस्थाको शाखा काठमाडौंको चाबहिलसहित इटहरी, धरान, धनकुटा, रुपन्देही र बाग्लुङमा सञ्चालनमा रहेको छ। यसले विद्यार्थीलाई आफू नजिकको शाखाबाट सेवा लिन सहज भएको संस्थाको भनाइ छ।
संस्थामा जापानमा अध्ययन तथा कामको अनुभव हासिल गरेका शिक्षक तथा परामर्शदाता आबद्ध रहेकाले विद्यार्थीलाई व्यवहारिक र वास्तविक परामर्श प्रदान गरिने जनाइएको छ। नेपालमा भाषा अध्ययन गर्दादेखि जापान पुगेपछिसम्म विद्यार्थीको साथमा रहने प्रतिबद्धता संस्थाले जनाएको छ।
चुबासाले ंप्लस टु,डिप्लोमा, ब्याचलर तथा मास्टर्स तह पूरा गरेका विद्यार्थीलाई जापान अध्ययनका लागि परामर्श सेवा प्रदान गर्दै आएको छ। पाँच वर्षसम्मको अध्ययन ग्याप भएका तथा न्यून प्रतिशत प्राप्त गरेका विद्यार्थीलाई समेत अवसर उपलब्ध गराइने संस्थाले जनाएको छ।
त्यस्तै जिएलसिटी,जिएलपिटी,एनटी,जिसिआरटी जस्ता जापानी भाषा परीक्षालाई वैकल्पिक रूपमा स्वीकार गरिने जानकारी दिइएको छ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई