समाज

घिसिङ समाजद्वारा पिण्डेश्वर बोलबममा निःशुल्क पानी बितरण


धरानः नेपाल घिसिङ समाज धरान नगर कार्यसमितिले पिण्डेश्वर बाबाधाममा साउनको सोमबार लाग्ने बोलबम मेलामा आज आएका भक्तजनलाई निःशुल्क पिउने पानी वितरण गरेको छ।

समाजले आज सोमबार करिब ३० कार्टुन पानी भक्तजनलाई वितरण गरेको हो। समाजका अध्यक्ष श्री घिसिङ, सचिव नरदोज घिसिङ, प्रवक्ता दीपक घिसिङसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागितामा पानी वितरण गरिएको थियो।

समाजका पदाधिकारी तथा सदस्यहरूले आपसी सहयोगमा ५० र १०० रुपैयाँका दरले रकम संकलन गरी पानी खरिद गरेर भक्तजनलाई वितरण गरेकाे बताइएको छ ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले