अर्थ/ पर्यटन

धरानको २ अर्ब ७६ करोड बजेट : पूर्वाधारमा ९९ करोड ५० लाख, शिक्षामा ४९ करोड ८६ लाख, स्वास्थ्यमा १२ करोड ४५ लाख


धरान : धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अर्ब ७६ करोड १९ लाख २७ हजार रुपैयाँको बजेट विनियोजन भएको छ।
बिहिवार निर्धारित समय भन्दा ३ घण्टा ढिलो नगरसभा भएको हो ।चालु आर्थिक वर्ष भन्दा ५१ करोड ११ लाख ४४ हजार बढिको बजेट सार्वजनिक गरेको छ।
चालु आर्थिक वर्ष ०८२/८३ मा २ अर्ब २४ करोड ७ लाख ८३ हजारको बजेट ल्याएको धरानले आगामी आर्थिक वर्ष ०८३/८४ को लागी २ अर्ब ७६ करोड १९ लाख २७ हजारको अनुमान गरिएको छ।
नगर सभाले कार्यपालिका तर्फ २ अर्ब ४७ करोड ४८ लाख ३३ हजार र वडा कार्यालयतर्फ २८ करोड ७० लाख ९४ हजार रुपैयाँ विनियोजन गरिएको हो।
कार्यवाहक प्रमुख एवं बजेट तर्जुमा समितिका संयोजक अइन्द्रविक्रम बेघाले बिहीबार प्रस्तुत गरेको बजेटमा २० वटै वडाका लागि प्रशासनिक, कार्यक्रम तथा पुँजीगत शीर्षकमा अघिल्लो आर्थिक वर्षको तुलनामा ५ करोड रुपैयाँ थप गरी २६ करोड रुपैयाँ कायम गरिएको उल्लेख छ। अघिल्लो वर्षको भुक्तानी बाँकीसमेत जोड्दा वडा कार्यालयतर्फ २८ करोड ७० लाख ९४ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा शहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ ९९ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। यसमध्ये खाल्डाखुल्डीमुक्त नगर बनाउने कार्यक्रमका लागि ४ करोड, भानुचोक सौन्दर्यीकरण तथा स्थायी स्टेज निर्माणका लागि १ करोड रुपैयाँ छुट्याइएको छ।

शिक्षा, युवा तथा खेलकुदतर्फ ४९ करोड ८६ लाख ८२ हजार रुपैयाँ विनियोजन गरिएको छ। संघ तथा प्रदेश सरकारको सशर्त अनुदानसहितको उक्त बजेटबाट विभिन्न शैक्षिक तथा खेलकुद कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। एउटा सामुदायिक विद्यालयलाई स्कूल बस उपलब्ध गराउने कार्यक्रमसमेत बजेटमा समेटिएको छ।

स्वास्थ्यतर्फ १२ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ। सशर्त अनुदानबाट ९ करोड ३३ लाख, अस्पताल सञ्चालनका लागि २ करोड र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने कार्यक्रमका लागि ५० लाख रुपैयाँ छुट्याइएको छ।

सामाजिक विकासतर्फ आन्तरिक स्रोतबाट १० करोड रुपैयाँ विनियोजन गरिएको छ। सुकुम्बासी व्यवस्थापनतर्फ ५० लाख, सिटी सफारी तथा टेम्पो चालकको दुर्घटना सहयोग कोष २० लाख, सडक मानव व्यवस्थापन, खेलकुद, बाँदर नियन्त्रण तर्फ १० लाख, विपन्न परिवारका सदस्यको दाहसस्कारका साझेदारीका लागि १० लाख तथा लैङ्गिक समानता र समावेशीकरणका कार्यक्रम तर्फ १ करोड ५ लाख बजेटमा समेटिएका छन्।
आर्थिक विकासतर्फ ६ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ। संकटग्रस्त सहकारी व्यवस्थापनका लागि मात्रै ५ करोड रुपैयाँ छुट्याइएको छ।
कृषि, पशु, पर्यटन, उद्योग, उद्यम तथा रोजगारीसम्बन्धी कार्यक्रम पनि यसै शीर्षकमा सञ्चालन गरिनेछ।

वन, वातावरण, ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ ३ करोड ९५ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ। विपद् व्यवस्थापन कोषका लागि २ करोड रुपैयाँ छुट्याइएको छ।

कानुन तथा न्याय सम्पादन तर्फ आन्तरिक स्रोतबाट २० लाख बिनियोजन भएको छ ।

धरानको खानेपानी आपूर्तिलाई भरपर्दो बनाउन चतरास्थित कोशी नदीबाट पानी आपूर्ति गर्ने नेपाल सरकारको योजनामा साझेदारीका लागि ३ करोड ११ लाख रुपैयाँ आन्तरिक स्रोतबाट विनियोजन गरिएको छ।

राजश्व सुधार तथा सस्थागत क्षमता बिकास र स्थलगत सुचना सकलन अन्तर्गत नगरको आन्तरिक स्रोत परिचालन गरि आत्मा निर्भर हुँदै जाने नीति अनुरुप आन्तरिक स्रोतबाट ५३ लाख बिनियोजन भएको छ ।

नगरको दीर्घकालीन सोचलाई परि लक्षित गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्न ३ करोड बिनियोजन भएको छ ।
बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड ९४ लाख ८८ हजार रुपैयाँ, संघीय सरकारको अनुदानबाट ८६ करोड १९ लाख रुपैयाँ, प्रदेश सरकारको अनुदानबाट ९ करोड १६ लाख ४८ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ३२ करोड ८८ लाख ९१ हजार रुपैयाँ, सडक बोर्ड नेपालबाट १ करोड रुपैयाँ र गत वर्षको मौज्दातबाट ७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
यसअघि धरानले आर्थिक वर्ष २०८३/०८४ को बजेट समयमै प्रस्तुत गर्न नसकेको विषयमा विवाद भएको थियो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह बजेट विवरणमा समेत धरानको बजेट तोकिएको समयमै प्रस्तुत नभएको देखिएको थियो।
नयाँ बजेटले खानेपानी, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ।

छुटाउनुभयो कि ?

अर्थ/ पर्यटन

धनकुटाको फलामेटारमा देव फिस फार्मस्टे सञ्चालनमा

पारिवारिक वातावतरण दृश्यावलोकन गर्दै स्वादिष्ट खाना सगै फिसिङ र क्यापिङको व्यवस्था
अर्थ/ पर्यटन

भेडेटारमा स्काई वाक, मुख्यमन्त्रीबाट उद्वाटन

धनकुटाको पर्यटनको क्षेत्रमा नयाँ आकर्षण बनेको सिसाको ‘स्काई वाक’ आज शुक्रवार देखी कोशी प्रदेशको भेडेटारमा विधिवत् पर्यटकहरूका लागि खुला गरिएको