आर्थिक

न्यू जन कल्याणकारी सहकारीको कारोबार ८ करोड ८२ लाख बढी


धरान: श्री न्यू जनकल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८१/०८२ मा कुल ८ करोड ८२ लाख ६० हजार ३९१ रुपैयाँको कारोबार गरेको छ । सोही अवधिमा सहकारीले खुद नाफा ८ लाख ३९ हजार २५८ रुपैयाँ कमाएको छ ।
सहकारीको शुक्रबार चुम्लुङ हिममा भएको २० औँ वार्षिक साधारण सभामा अध्यक्ष मन कुमारी याक्खाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त हिसाब प्रस्तुत गरेका हुन ।
साधारण सभाको उद्घाटन संस्थाका सदस्य तथा सल्लाहकार चन्द्रमाया वानेम लिम्बुले गरेको थिईन। उनले सहकारीले नागरिकको लगानी र भूमिकालाई जोड्न सके मात्र राज्य अगाडि बढ्न सक्ने बताईन ।
साधारण सभामा ‘यसै गरी बचतकर्ता र असल ऋणीहरू २ जनालाई सम्मान गरियो ।
संस्थाको कुल शेयर लगानी आव ०८१ /०८२ मा ७० लाख ३० हजार ८ सय रहेको प्रतिवेदनमा उल्लेख छ ।
सहकारीमा महिला शेयर सदस्य ३९२ तथा पुरुष १५७ जना सहित कुल शेयर सदस्य सङ्ख्या ५४९ रहेका छन् । सहकारीले आर्थिक वर्ष ०८१ /०८२ मा कुल २४ लाख ७ हजार २७४ रुपैयाँआम्दानी गरेको छ ।
लेखा समिति संयोजक कर्ण विक्रम लिम्बुले संस्थाको लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिइन । सभा अध्यक्षता अध्यक्ष मनकुमारी याक्खाले गरेकी थिईन ।

छुटाउनुभयो कि ?

आर्थिक महिला/बालबालिका

विलिभर्स स्कुलले अभिभावकलाई सिकायो अचार बनाउने सीप

धरानः धरान–५ स्थित डिपी विलिभर्स स्कुलका अभिभावकहरूको लागि एकदिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।स्कुलका प्राचार्य
आर्थिक

पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरि निगमले मूल्य घटाएको