खेलकुद

सातौँ डिआइजी रनिङ कपमा प्रभात स्कुल फाइनल प्रवेश

धरान: कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर्गत दोस्रो सेमिफाइनलको खेलमा प्रभात स्कुल फाइनल प्रवेश गरेको छ ।

बिहिवार नेपाल प्रहरी प्रदेश कार्यालय धरान स्थित फुटबल मैदानमा जारी दोस्रो सेमी फाइनल खेलमा प्रभात बोडिङ स्कुल धरानले पिना काल ज्ञान मन्दिर कानेपोखरी मोरङलाई ४–० ले हराउँदै फाइनलमा पुगेको हो ।
खेलको पहिलो हाफमा प्रभात स्कुलको तर्फबाट ७ औ र दोस्रो हाफको १२ औ मिनेटमा प्रभात स्कुलका भुवन भण्डारीले २ गोल,२० औ र २९ औ मिनेटमा निम्साङ मगरले २ गोल गरे । खेलमा पिनाकल स्कुलको तर्फबाट थुप्रै गोल गर्ने प्रयास विपल भयो ।

खेलको म्यान अफ द म्याच प्रभातका भुवन भण्डारी घोषित भए । उनले नगद १ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको विजेताले ट्रलीसहित नगद ८१ हजार ५ रुपैयाँ र उपविजेताले ट्रलीसहित नगद ४१ हजार ५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालय सहभागी छन्।
फाइनल खेल नेपाल पुलिस स्कुल रेड र प्रभात सेकेण्डरी बोर्डिङ स्कुल धरानका बिच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक