
धरान: धरान १५ स्थित हिविस्कस इङ्लिस बोर्डिङ स्कुलले आयोजना गरेको अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता ‘हिविस्कस क्विज मेनिया–सिजन ४’ को छनोटबाट उत्कृष्ट ६ विद्यालय फाइनलमा प्रवेश गरेको छ ।
बुधवार विद्यालय प्राङ्गणमा भएको हाजिरी जवाफ प्रतियोगितामा हिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान, मेघा हिमालयन स्कुल धरान, महेन्द्र माध्यमिक विद्यालय, तित्रिगाछी वराहक्षेत्र, जीवन ज्योति बोर्डिङ स्कुल वराहक्षेत्र, साजिलाल सेकेन्डरी स्कुल, सुन्दरहरैचा मोरङ,तरहरा मोडेल एकेडेमी तरहरा फाइनलका लागि छनौट भएका छन् ।फाइनल प्रतियोगिता भोली पुस १० गते हुने विद्यालयकै प्राङ्गण हुने छ ।
प्रतियोगितामा ४५ विद्यालय सहभागी भएका थिए । प्रतियोगिताको निर्णायकद्धय नवदीप साह र सुरेश रेग्मी रहेका थिए । प्रतियोगिताका विजेताले २० हजार रुपैयाँ नगदसहित रनिङ ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले १५ हजार,तेस्रो हुनेले ८ हजार, चौथो हुनेले ६ हजार, पाँचौँ हुनेले ४ हजार तथा सान्त्वना टिमले २ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।
कार्यक्रम संयोजक सुवास मोक्तानले प्रतियोगिताले विद्यार्थीहरूलाई लोकसेवा आयोग जस्ता प्रतिस्पर्धात्मक परीक्षाका लागि आवश्यक क्षमता विकास र स्कुलको शैक्षिक ब्रान्ड र शैक्षिक प्रतिस्पर्धा प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन भएको बताए ।

