अपराध

चुनकुमारीको हत्यामा संलग्न उनकै श्रीमान सहित ६ जना पक्राउ, श्रीमानकै योजनामा हत्या

धरान: चैत २५ गते धरान वडा नं ६ पानवारीस्थित पाँचकन्या सामुदायिक वनमा मृत भेटिएकी धनकुटा महालक्ष्मी नगरपालिकाकी चुनकुमारी बुढाथोकीको हत्या उनकै श्रीमानको योजनामा भएको ईलाका प्रहरी कार्यालय धरानमा आज बिहिबार पत्रकार सम्मेलन गरेर प्रहरीले जानकारी दिएको छ।

चुनकुमारी हत्यामा प्रहरीको अनुसन्धानबाट श्रीमानसहित ७ जना संलग्न भएको देखिएको छ । ती मध्ये ६ जना पक्राउ परिसकेका छन् भने एक जना भारतीय नागरिक फरार छन् । पक्राउ परेका ६ जनामध्ये मृतकका श्रीमान् प्रेमलाई कोरियाबाट आएलगत्तै प्रहरीले काठमाण्डौं विमानस्थलबाट नियन्त्रणमा लिएको थियो। हत्या प्रकरणमा पक्राउ पर्नेहहरुमा घटनाको मुख्य योजनाकार मृतकका श्रीमान धनकुटाको महालक्ष्मी नगरपालिका २ का ३१ बर्षीय प्रेमबहादुर बुढाथोकी, मोरङ पथरी शनिश्चरे नगरपालिका ३ संगमचोक बस्ने प्रेमको आफ्नै भाई २९ बर्षीय ढकेन्द्र बुढाथोकी र उनकी श्रीमति २५ बर्षीय सृष्टी बुढाथोकी पाँचथरको मिक्लाजुङ गाउँपालिका ७ लुमाङदिङ घर भई विगत ७ बर्षदेखि मोरङको उर्लाबारी नगरपालिका ५ फागुटोल बस्ने ३६ बर्षीय योगेन्द्र गौतम पनि पक्राउ परेका छन् । उनी प्रेमबहादुरका कान्छा ज्वाई भएको प्रहरीले जनाएको छ । उनकी श्रीमति २८ बर्षीय डेनु गौतम र मोरङकै पथरी शनिश्चरे वडा नं ३ का ४० बर्षीय केशवराज दाहाल पनि पक्राउ परेका छन् । 

जिल्ला प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाले मृतक चुनकुमारीकै श्रीमान् प्रेमबहादुर बुढाथोकीको योजना र निर्देशनमा हत्या भएको पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ। उनले भने,‘पारिवारिक विवाद र पाविारिक असन्तुष्टी, श्रीमान श्रीमतिबीचको असन्तुष्टीबाट जन्मिएको घटना श्रृंखला हो ।’ एसपी तिम्सिनाले घटनालाई प्रमाणयोग्य बनाउन सबै खाले अनुसन्धान गरिरहेको पनि बताए । 

घटनामा संलग्न भारतीय नागरिक आसामका राजु थापा मगर भने फरार छन् । उनी प्रेमको भाई बुहारी सृष्टीको दाजु भएको पनि प्रहरीको भनाई छ । उनलाई पनि पक्राउ गरेर ल्याउन भारतीय प्रहरीसँग आवश्यक समन्वय र पहल भइरहेको धरानका डिएसपी प्रकाश जबेगुले जानकारी दिए ।

छुटाउनुभयो कि ?

अपराध

संञ्चारकर्मी संञ्जीता धमला माथी हर्क साम्पाङ समर्थक महिलाहरुद्वारा आक्रमण

सञ्चारकर्मी संञ्जीता धमला माथी विपी कोईराला विज्ञान प्रतिष्ठान भित्र धरानको मेयर हर्क साम्पाङ समर्थक महिलाहरु द्वारा आक्रमण भएको समाजिक संञ्जाल
अपराध

संचारकर्मी धमला आक्रमणमा संलग्नता रहेको आरोपमा सृजना बेघा पक्राउ

बुधबार  बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा सञ्चारकर्मी सञ्जीता धमला माथी आक्रमण गरेको घटनामा संगलगनता भएको आरोपमा एक जना महिला पक्राउ