अर्थ/ पर्यटन

चोऽलुङ पार्क कोशी प्रदेशकै पर्यटकीय गन्तव्य बन्दै

चोऽलुङ पार्क कोशी प्रदेशकै पर्यटकीय गन्तव्य बन्दै
धरान: कोशी प्रदेशकै एक मात्र लाली गुराँसको राजधानी तीनजुरे, मिल्के र जल्जले )टिएमजे)को प्रवेशद्वारमा रहेको चोऽलुङ पार्क कोशी प्रदेशकै ४२ औं स्थानको गन्तव्य स्थल बनेको छ ।
गराँसको राजधानी टिएमजे प्रवेश गर्ने तेह्रथुमको लाली गुराँस नगरपालिकाको बसन्तपुरमा बनेको यो पार्क लिम्बू सँस्कृतिलाई झल्काउने ढुंगैढुगाबाट बनेको पार्क हो । कोशी प्रदेश सरकारले पर्यटन बर्ष मनाइरहँदा पर्यटक भित्र्याउन यस्ता भौतिक संरचना आवश्यता पर्दछ, यो पार्क पर्यटक तान्ने एक माध्यम बनेको छ ।
कोशी प्रदेश सरकारले पर्यटन बर्ष मनाइरँदा टिएमजे क्षेत्रलाई केन्द्रविन्दु बनाएर तेह्रथुमको तीनजुरेमा उद्घाटन कार्यक्रम गर्दैछ । लाली गुराँसको राजधानी भनिएर चिनिएको यो क्षेत्रमा लाली गुराँस फुलेको समय चैत्र वैसाख र हिउ पर्नै सिजन पुस माघमा आन्तरिक तथा वाह्य पर्यटक अत्याधिक आउने गर्छन । लाली गुराँस फुलेको समय होस् वा हिउ परेको बेला हो यहाँ आउने पर्यटक एक पटक लाली गुराँस नगरपालिका बसन्तपुरमा रहेको चोऽलुङ पार्कको भ्रमण नगरी कोही पनि फर्कदैनन् ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य भिषण राईले चोऽलुङ पार्कले लिम्बु जातिको सँस्कृति झल्काउने काम गरेको बताउनुभयो । यहाँ ढुगैढुगाले बनेका संरचनामात्र यहाँ रहेको संग्रालयले ऐतिहासिकता झल्काउने काम गरेको बताउनुभयो । पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाको यो एउटा सानो प्रयास भएपनि यसकै माध्यमबाट पर्यटक आउने र नगरपालिकाको आयश्रोतको माध्यम बनेको बताउनुभयो ।


यो पार्क लालीगुराँस नगरपालिकाकाका मेयर अर्जुनबाबु माबुहाङले पहिलो कार्यकालमा निर्माण गर्नुभएको हो । दोस्रो कार्यकाल समेत नगरपालिकाको मेयर बन्नु भएका मावुहाङका अनुसार पार्क निर्माण गर्न नगरपालिकाको ३० लाख, नयाँ शहर आयोजनाको ८० लाख र स्थानीय जनताको ५० लाख गरी कुल एक करोड ६० लाख रुपैयाँ भन्दा लगानी भएको छ । यस क्षेत्रलाई जैविक तथा वनस्पतिक अध्ययनको केन्द्रको रुपमा विकास गर्ने योजनासहित लिम्बु जातिको ऐतिसिकता झल्काउन सहयोग पुगोस् भन्ने अभिप्रायले यो पार्क निर्माण गरिएको मेयर मावुहाङले बताउनुभयो । उहाँले लिम्बु इतिहासमा ढुंगाको महत्व जन्मेदेखि मृत्युसम्म रहने भएकोले पनि यो पार्क निर्माणमा ढुगा प्रयोग गरिएको बताउनुभयो ।
यो क्षेत्र धनकुटा, तेह्रथुम र संखुवासभाको संगम स्थल हो । पछिल्लो समय चोऽलुङ पार्कले आन्तरिक पर्यटक ताने पनि वाह्य पर्यटक पनि यो पार्कले तान्ने गरेको मेयर मावुहाङले बताउनुभयो । उहाँका अनुसार चोत्लुङ पार्कमा नयाँ वर्ष, गुराँस फुलेको समय र हिमपात भएको वेला पर्यटकको घुइँचो बढ्दा यहाँको होटल तथा रेष्टुराँहरु खचाखच भरिने गरेका छन् ।
वास्तवमै कोशी प्रदेशले पर्यटन बर्ष मनाइरदा चोत्लुङ पार्कमा भ्रमणमा आउनेहरुबाट पनि के स्पष्ट हुन्छ भने पर्यटक तान्ने भौतिक संरचना निर्माणमा जोड दिनुपर्छ । यस्ता खालका संरचना निर्माण गर्न सकेको खण्डमा भौतिक संरचना निर्माणमा सरकारले ध्यान दिन सके पर्यटन बर्षले अझ धेरै सार्थकता पाउनेमा दुई मत छैन ।

छुटाउनुभयो कि ?

अर्थ/ पर्यटन

धनकुटाको फलामेटारमा देव फिस फार्मस्टे सञ्चालनमा

पारिवारिक वातावतरण दृश्यावलोकन गर्दै स्वादिष्ट खाना सगै फिसिङ र क्यापिङको व्यवस्था धरान: धनकुटाको साँगुरीगढीमा नयाँ होटल सञ्चालनमा आएको छ ।
अर्थ/ पर्यटन

भेडेटारमा स्काई वाक, मुख्यमन्त्रीबाट उद्वाटन

धनकुटाको पर्यटनको क्षेत्रमा नयाँ आकर्षण बनेको सिसाको ‘स्काई वाक’ आज शुक्रवार देखी कोशी प्रदेशको भेडेटारमा विधिवत् पर्यटकहरूका लागि खुला गरिएको