अर्थ/ पर्यटन

भेडेटारमा स्काई वाक, मुख्यमन्त्रीबाट उद्वाटन

धनकुटाको पर्यटनको क्षेत्रमा नयाँ आकर्षण बनेको सिसाको ‘स्काई वाक’ आज शुक्रवार देखी कोशी प्रदेशको भेडेटारमा विधिवत् पर्यटकहरूका लागि खुला गरिएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक समारोहका बिच उद्घाटन गरेपछि ‘स्काई वाक’ सर्वसाधारणका लागि खुला गरिएको हो ।  

यो परियोजना वन्डर्स अम्युजमन्ट पार्कस् एण्ड अट्राक्सन्स प्रालिको लगानीमा निर्माण भएको हो । प्रदेश सरकारको प्रदेश लगानी प्राधिकरण, धरान उपमहानगरपालिका र साँगुरीगढी गाउँपालिकाबीच समन्वयमा स्काई वाक बनेको हो । यसको करबाट हुने आम्दानी प्रदेश सरकार, धरान र साँगुरीगढीबीच बाँडफाड हुने सम्झौता पनि छ ।

उद्घाटन पश्चात मुख्यमन्त्री कार्कीले उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको महशुस गरेको बताए । उनले प्रदेशकै र नेपालकै गहना भएको प्रतिक्रिया दिदै सहिरुपमा सदुपयोग गर्दा पर्यटन क्षेत्रलाई माथि उठाउन कोसेढुंगा हुने बताए । ‘उत्कृष्ट छ, सुरक्षित छ, सबै आउनुहोला, घुम्नु होला,’मुख्यमन्त्री कार्कीले भने ।

मेयर साम्पाङले हेर्दा आकर्षक र वाक गर्दाको अनुभूति पनि युनिक लागेको प्रतिक्रिया दिए । ‘मेरो पहिलो पटक अनुभव हो, मौषम र लोकेसन पनि राम्रो छ । नेपालकै सबैभन्दा राम्रो ठाउँमा बनेको छ भन्ने लाग्यो,’ उनले भने । 

यो स्काई वाक टावर करिब २० करोड लगानीमा निर्माण भएको हो । स्काई वाक टावरले भेडेटार र आसपासमा उच्चसंख्यामा वृद्धि हुने अपेक्षा गरिएको कार्यकारी निर्देशक सञ्जिव रोक्काले जानकारी दिए । ‘वंगलादेश र भारतबाट पनि पर्यटकहरु थप भित्रिने अपेक्षा छ, अहिले दिनमा ५ सय जना मात्र चढाउछौं । एक पटकमा २५ जना चढाउछौं, र १५/१५ मिनेट समय दिन्छौं,’ उनले भने,‘बिहान ७ देखि बेलुकी ७ बजेसम्म खुल्छ । ३ महिनाभित्र पर्यटक संख्या हेरेर थप क्षमता बढाउछौं ।’

छुटाउनुभयो कि ?

अर्थ/ पर्यटन

धनकुटाको फलामेटारमा देव फिस फार्मस्टे सञ्चालनमा

पारिवारिक वातावतरण दृश्यावलोकन गर्दै स्वादिष्ट खाना सगै फिसिङ र क्यापिङको व्यवस्था धरान: धनकुटाको साँगुरीगढीमा नयाँ होटल सञ्चालनमा आएको छ ।
अर्थ/ पर्यटन

धरानमा सुबिधा सम्पन्न होटल सन्ध्या ईन संञ्चालनमा

धरान-८ बगाछीमा नयाँ होटेल सन्ध्या ईन सञ्चालनमा आएको छ । आज मङ्गलवार एक कार्यक्रम बिच कोशी प्रदेश सभा सदस्यद्वय रमेश बस्नेत