अर्थ/ पर्यटन

कोशी प्रदेश पर्यटन बर्ष २०८२ आर्थिक सम्बृद्धिमा कोशे ढुंगा सावित हुन्छ: प्रकाशमान सिंह


धरान: उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले कोशी प्रदेशमा पर्यटन प्रवद्र्धनका सवालमा ठूलो सम्भावना बोकेको प्रदेश भएकोले घोषणा गरेको पर्यटन बर्षले पर्यटन प्रवद्र्धनसँगै पर्यटक भित्र्याउने माध्यम बन्ने बताउनु भएको छ ।
कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२ को उद्वटान गर्न टिमजे अन्तर्गतको तीनजुरे पुग्नु भएका मन्त्री सिहले पर्यटन बर्ष २०८२ ले मुलुकको अर्थतन्त्रलाई टेवा पुग्ने बताउनुभयो ।
उहाँले कोरोना संक्रमणपछि देशमा आएको आर्थिक शिथिलतालाई न्यूनिकरण गर्न यो पर्यटन बर्षले महत्वपूर्ण योगदान पुर्‍याउने बताउदै टिएमजे क्षेत्रबाट यसको उद्घाटन हुनुले पनि पर्यटन बर्षले सार्थकता पाउनेमा विश्वास व्यक्त गर्नुभयो ।
गुराँसको राजधानीले परिचित तेह्रथुमको तीनजुरे मिल्के क्षेत्रको आरआर गार्डेनमा भएको कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशका पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुलाई विश्वसामू चिनाउन तथा प्रचारप्रसार गर्न पनि कोशी प्रदेशले पर्यटन बर्ष मनाएको बताउनुभयो । उहाँले प्रदेशबाट सन्देश प्रवाह गरेर आधार बर्ष तयार गर्न पर्यटन वर्ष घोषणा गरिएको बताउँदै प्रदेशका सबै क्षेत्रहरू पर्यटनको हिसाबले महत्वपूर्ण भएको चर्चा गर्नुभयो ।
पर्यटन बर्षको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिए पनि उहाँ आउन सक्नु भएन । उहाँको उपस्थिति नभएपछि उपप्रधान तथा सहरी विकास मन्त्री सिंहले पर्यटन बर्षको उद्वाटन गर्नु भएको थियो ।
कोशी प्रदेशमा बराहक्षेत्र, हलेसी र माङ्सेबुङ जस्ता धार्मिक क्षेत्र रहेकोले धार्मिक सर्किट बनाएर पर्यटनबाट ठूलो लाभ लिन सकिने मुख्यमन्त्रीको भनाई थियो ।
उद्घाटन कार्यक्रममा नेपाल सरकारका पर्यटन सम्बन्धी विज्ञ, सरोकारपक्ष, कोशी प्रदेशमा रहेका विभिन्न स्थानीय सरकार प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

अर्थ/ पर्यटन

धनकुटाको फलामेटारमा देव फिस फार्मस्टे सञ्चालनमा

पारिवारिक वातावतरण दृश्यावलोकन गर्दै स्वादिष्ट खाना सगै फिसिङ र क्यापिङको व्यवस्था धरान: धनकुटाको साँगुरीगढीमा नयाँ होटल सञ्चालनमा आएको छ ।
अर्थ/ पर्यटन

भेडेटारमा स्काई वाक, मुख्यमन्त्रीबाट उद्वाटन

धनकुटाको पर्यटनको क्षेत्रमा नयाँ आकर्षण बनेको सिसाको ‘स्काई वाक’ आज शुक्रवार देखी कोशी प्रदेशको भेडेटारमा विधिवत् पर्यटकहरूका लागि खुला गरिएको