
धरान: नेपाली काँग्रेसको युवा दस्ता नेपाल दरुण दल धरान नगर कमिटीले पाचौ अधिवेशनबाट पुरानै कार्यसमितिका पदाधिकारीलाई चयन गरेको छ । धरान २ मा रहेको नेपाली काँग्रेस धरान नगर समितिको कार्यालयमा सम्पन्न अधिवेशनबाट का. सभापति राम तामाङलाई सभापतिमा चयन गरेको हो ।
तामाङसहित विक्रम तामाङ उपाध्यक्ष र सचिव मनोहर श्रेष्ठलाई नै निरन्तता पाएका छन् । ३१ सदस्यीय पदाधिकारी रहने अन्य पदाधिकारीहरु भने आगामी दिनमा मनोनयन गरिने तरुण दल धरान नगर समितिले जनाएको छ ।
सो अवसरमा बोल्दै नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङले तरुण दल नेपाली काँग्रेसको युवा दस्ता भएको बताउदै समाजलाई सुरक्षित बनाउने काममा अहम् भूमिका निर्वाह गर्न अग्रसर रहने बताउनुभयो ।
यस्तै पार्टीका क्षेत्रीय सभापति सुजेन्द्र गोलेले पार्टीमा युवा वर्गको महत्वपूर्ण भूमिका रहने भएकोले जनजागरण अभियानमा तरुण दलले खेलेको भूमिका महत्वपूर्ण रहने गरेको बताउनुभयो ।
यस्तै नेपाली काँग्रेस सुनसरीका सचिव माधव घिसिङ ले विद्यामान परिस्थितिलाई चिरेर जाने क्षमता अभिवृद्धि गर्न तरुण दलले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
विगतमा समेत यो दस्ताले धेरै राम्रो काम गरेका कारण धरान उपमहानगरपालिका अन्तर्गतको तरुण दलको नेतृत्वलाई पुन दाहोर्याइएको बताइएको छ । अधिवेशनमा पार्टीका विभिन्न तहका नेताहरुको उपस्थिति रहेको थियो ।