धरान विशेष

धरान १५ मा अर्गानिक सेनिटरी प्याड बनाउने तालिम सम्पन्न


धरान: स्थानीय तहले पछिल्लो समय महिला लक्षित कार्यक्रमलाई प्राथमिकता राखेका छन् । महिलालाई सीप मूलक तालिम दिएर आत्मनिर्भरमात्र हैन घरेलु उद्यमी बन्ने आधार स्थानीय सरकारले पुर्‍याउदै आएको छ ।
पछिल्लो समय सुन्दा अत्यन्तै सामान्य लाग्ने तर महिलाका लागि अत्याश्यक सामाग्री बजारमा पाइने गुणस्तरहीन सेनिटरी प्याडको उत्पादन धरानबाटै गर्ने अभिप्रायले धरान उपमहनगरपालिका १५ नं. वडा समितिको बजेटबाट १५ नं. वडाका महिलालाई लक्षित सेनिटरी प्याड बनाउने तालिम सम्पन्न गरेको छ ।
चैत्र १९ देखि २३ गतेसम्म दिइएको सो तालिम प्रभाकारी बनेको छ । बजारमा गुणस्तरीन यस्ता प्याड छ्यास्छ्यास्ती पाइए पनि गुणस्तरीय सेनिटरी प्याड उत्पादनलाई जोड दिन पनि वडा समितिले सुनौलो महिला समाजको सहकार्यमा १५ नं. मा रहेका विभिन्न महिला समूहलाई सहभागिता जनाएर तालिम दिइएको हो । सो तालिमको सहजीकरण डिप्लोमा हेन्ड्रीकाफ्ट्सकी सञ्चालिका एवम् अपांग तथा असहाय केन्द्रमा विभिन्न प्रकारका तालिम दिदै आउनु भएकी डम्बरकुमारी मास्केले गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै सुनौ महिला समाजकी अध्यक्ष दिलकुमारी राईले यो सामाग्री सबैका लागि सामान्य जस्तो लागे पनि महिलाहरुका लागि अत्यावश्यक सामाग्री भएकोले वडामा गएर यस सम्बन्धी तालिमका लागि प्रस्ताव गरेपछि वडाले सहजै रुपमा स्वीकार गरेर आज तालिम दिन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
अहिले पछिल्लो समय धरानका हरेक विद्यालयमा छात्राका लागि सेनिटरी प्याडको व्यवस्था गरिएको हुन्छ । रजस्वला भएको बेला विद्यालयमा छात्राहरु पढननै हिच्किचाउने भएकोले पछिल्लो समय सेनिटरी प्याड विद्यालयले उपलब्ध गराउदै आएको छ । तर बाहिरबाट आउने सेनिटरी प्याड क्यामिकल सहित गुणस्तरीय नहुने भएकोले यसको उत्पादन धरानबाटै गर्ने अभिप्रायले सेनिटरी प्याड बनाउने तालिम दिइएको हो ।
विभिन्न स्थानमा महिलाहरुलाई सिलाइबुनाई लगायत अन्य स्वरोजगारमूलक तालिम प्रदान गर्दै आउनु भएकी तालिमकी सहजीकरणको भूमिका निर्वाह गर्दै आउनु भएकी डम्बर कुमारी मास्केले बजारमा आएका सेनिटरी प्याड केमिकल हालेर बनाइएको हुनाले स्वास्थ्यका लागि पनि हानीकारक भएको बताउदै विगतमा समेत यस्ता तालिम धेरै ठाउँमा गरिएको बताउनुभयो । उहाँले यो समूहले आयोजना गरेको तालिम समूहमा मात्र सीमित नभई व्यवसायिक रुपमा उत्पादन गर्न प्रशिक्षार्थी महिलाहरुलाई अनुरोध गर्नुभयो ।
यता तालिममा आर्थिक सहयोग पुर्‍याएको १५ नंं वडा समितिका अध्यक्ष नरेश इवारमले तालिमपश्चात सिकेर बनाइएको सेनिटरी प्याड बजारसम्म पुर्‍याउने काम वडाले गर्ने प्रतिबद्धता जनाउनु भयो ।
यस्तै धरान उपमहानगरपालिकाकी कार्यपालिका सदस्य एवम् १५ नंं वडा सदस्य सिर्जना नेपाल, हातेमालो समूहकी अध्यक्ष लिला ढकाल, प्रगतिशील नौमति तथा पञ्जेबाजा समूहकी प्रतिनिधि शिव हिरा राई, गीता पोख्रेल, अम्बिका राई लगायले तालिम पश्चात धरानबाटै उत्पादन गरेर सेनिटरी प्याड बाहिरबाट नल्याउने वातावरण सिर्जना गर्दा प्रशिक्षार्थीहरुलाई अनुरोध गर्नुभएको थियो ।
महिला लक्षित स्वरोजगार कार्यक्रम धरानमा धेरै हुने गरे पनि सेनिटरी प्याड बनाउने तालिम भने कमै हुने गरेको छ । महिलाका लागि अत्यावश्यक सामाग्री भए पनि यसको आवश्यक्ताको विषयमा खासै चासो हुदैन । तर सुनौलो महिला समाजले यसको आवश्यकतालाई महसुस गरी आयोजना गरिएको तालिमले सार्थकता पाउनेमा सहभागी सबै ढुक्क देखिन्थे । सो तालिममा २० जना महिलाले तालिम लिएका थिए।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।