व्यवसाय

यातायात ऐन संशोधनको माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं: नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा यातायात ऐन, २०८३” का श्रमिक, स्वरोजगार, यातायात व्यवसायी तथा आम उपभोक्ताको हित प्रतिकूल देखिएका प्रावधान संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
संगठनले ऐनको प्रस्तावित मस्यौदामाथि संशोधन प्रस्ताव प्रस्तुत गर्दै सरोकारवाला यातायात श्रमिक तथा व्यवसायीका प्रतिनिधिसँग सार्थक छलफल गरी ऐनलाई व्यावहारिक, न्यायपूर्ण र सडक सुरक्षामैत्री बनाउन माग गरेको हो ।
संगठनका अध्यक्ष भीमज्वाला राई र महासचिव केशव थापाद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्र प्रधानमन्त्रीसमक्ष सातवटै प्रदेशका मुख्यमन्त्रीमार्फत पठाइएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की मार्फत संगठनका केन्द्रीय उपमहासचिव देवीप्रसाद भट्टराई, कोशी प्रदेश अध्यक्ष गौरी लामा लगायतका मजदुर प्रतिनिधिटोलीले प्रधानमन्त्री बालेन्द्र शाहलाई ध्यानाकर्षण पठाएको छ ।
त्यस्तै सुदूर पश्चिम प्रदेश मुख्यमन्त्री खगराज भट्ट मार्फत संगठनका प्रदेश अध्यक्ष ललित चन्द सहितको मजदुर प्रतिनिधि मण्डलले प्रधानमन्त्री शाहलाई संशोधन सुझाव पठाएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री कार्यालय हेटौंडामा संगठनका केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश इन्चार्ज नवराज घिमिरेको नेतृत्वमा गएको यातायात मजदुरहरुको प्रतिनिधिमण्डलले मुख्यमन्त्री कार्यालय मार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई पठाएको छ ।
त्यस्तै मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यालय मार्फत पनि ध्यानाकर्षणपत्र पठाईएको छ । संगठन मधेश प्रदेश कमिटीका सचिव मनोज झा सहितको टोलीले ध्यानाकर्षणपत्र हस्तान्तरण गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालय मार्फत संगठनका केन्द्रीय उपमहासचिव विष्णु पराजुली, प्रदेश अध्यक्ष वेनीराज थिङ लगायतका श्रमिक नेतृत्व टोलीले प्रधानमन्त्री शाहलाई सुझाव पठाएकाछन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थित मुख्यमन्त्री कार्यालय मार्फत समेत प्रधानमन्त्री शाहलाई ध्यानाकर्षणपत्र पठाइएको छ । लुम्बिनी प्रदेशले भदौ २ गते हस्तान्तरण गर्ने कार्यक्रम रहेको अध्यक्ष भीमज्वाला राईले बताए ।

छुटाउनुभयो कि ?

व्यवसाय

फेरि फेरि लुगा लगाउनका लागि फेसनएबल धरानमा सुरु भयो “फेरिका”

फेरीकाको अर्थ भन्दा पनि सबैले यहाँ बाट लुगा खरिद गरेर फेरि फेरि लुगा लाउनु पर्छ भन्ने उद्वेश्यले फेरिका नाम राखेको
व्यवसाय

यूएईमा नेपालीले चलाएको प्रसिद्ध ब्रान्ड ‘राफ्फे’ नेपाल भित्रिदै

काठमाडौं : यूएईको प्रसिद्ध मोबाइल एसेसरिज ब्रान्ड राफ्फेले नेपालमा पनि शाखा बिस्तार गर्दैछ। अहिले नेपालको बजार सर्वे गरिरहेको कम्पनीले दुई