शिक्षा

शारदा बालिका स्कुलद्वारा सुरक्षित ईन्टरनेट दिवसमा जनचेतना मुलक र्‍याली

धरान: मंगलबार सुरक्षित इन्टरनेट दिवस (फेब्रोअरी ११) बालबालिका र युवाको लागि अनलाइन प्रविधि र मोबाइल उपकरणहरूको सुरक्षित र जिम्मेवार प्रयोग प्रवद्र्धन गर्ने उद्देश्यले विश्वभर यो दिवस मनाउने गरिन्छ ।
यसै क्रममा धरानमा समेत यो दिवस मनाइएको छ । धरान १६ स्थित शारदा बालिका माध्यामिक विद्यालयले सुरक्षित इन्टरनेट दिवसको अवसरमा सचेनतामूलक र्‍यालीको आयोजना गर्‍यो । इन्टरनेटको बढ्दो दुरुपयोगका कारण ठगी, अपराधिक घट्नाको बृद्धि, बालबालिकामा पर्ने मानसिक असरलाई कम गर्न यो विद्यालयले सचेतनामुलक र्‍यालीको आयोजना गरेको हो । सो अवसरमा बोल्दै सो विद्यायमा १२ कक्षामा अध्ययनरत अनुष्का राईले इन्टनेट विज्ञानले दिएको सबैभन्दा ठूलो बरदान भएको बताउदै इन्टरनेटकै माध्यमबाट धेरैले रोजगारी पाएको, आय आर्जनको माध्यम बनाएको भएपनि यही इन्टरनेटलाई सही ढंगबाट प्रयोग गर्न नसक्दा धेरै आपराधिक घट्ना घटेको, बालबालिका कुलतमा फसेको, मानसिक तनाव बढेको लगायतका कुराहरु बढ्दै गएको बताउदै विज्ञानको बरदान इन्टरनेटलाई सही तरकाले प्रयोगमा ल्याऔं भन्ने अभिप्रायले सचेतनात्मक र्‍यालीको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।

उक्त विद्मालयका शिक्षक विष्णुप्रसाद गुरागाईले बालबालिकालाई इन्टरनेट चलाउन बन्देज लगाउनुभन्दा पनि सही ढगबाट इन्टरनेटको प्रयोग गर्नुपर्छ भन्ने उद्देश्यले विद्यार्थीहरुको सहभागितामा विश्व सुरक्षित इन्टनेट दिवसको अवसरमा सचेतनात्मक र्‍यालीको आयोजना गरिएको बताउनुभयो । इन्टरनेटको दुरुपयोगलाई घरघरबाट घटाउन सकेको खण्डमा विभिन्न अपराधिक गतिविधि नहुने भएकोले विद्यार्थीहरुले सिकेका कुराहरु घरका सदस्यलाई पनि सिकाउन सकेको खण्डमा इन्टरनेटको सही प्रयोग हुने धरान उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
यो दिवस अहिले १ सय ७० भन्दा धेरै देशहरूमा हरेक वर्ष फेब्रुअरी दोस्रो हप्ताको मंगलवार मनाइन्छ बालबालिकाको इन्टरनेट सुरक्षाका लागि काम गर्ने संस्था चाइल्ड सेफनेटले सन् २०१९ देखि नेपालमा राष्ट्रिय सचिवालयको रूपमा सुरक्षित इन्टरनेट दिवस अन्तर्गतका कार्यक्रमहरूको समन्वय गर्दै आएको छ । डिजिटल प्रविधिको असुरक्षित प्रयोगले बालबालिकाहरुलार्ई अनलाइन यौन दुव्र्यवहार एवं शोषण, साइबर बुलिङ्ग, फिसिङ्ग तथा सेक्स्टोर्सन जस्ता गम्भीर जोखिमहरू बढ्द्रै गएको छ । यसप्रति चनाखो बनेर साइबर अपराधबाट हुने जोखिमलाई न्यूनिकरण गर्ने उद्देश्यले पनि नेपालमा सुरक्षित इन्टरनेट दिवस मनाउदै आएको बताइएको छ ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई