खेलकुद

नेपाल गल्फ संघ सुनसरीको अध्यक्षमा जितेन्द्र राई

नेपाल गल्फ संघ सुनसरीको अध्यक्षमा जितेन्द्र राई सर्वसम्मतले चयन भएका छन् ।
धरान- १८ स्थित निर्वाण कन्ट्री क्लबको सभाहलमा भएको अधिवेशनबाट उपाध्यक्ष तुलसीराम लिम्बु, सचिवमा लोकेन्द्र राई, कोषाध्यक्षमा सुन्दर राई, सह-सचिवमा झुना राई सर्बसम्मत निर्वाचित भएका हुन् । यसैगरी सदस्यहरुमा क्रमस बिजय राई, प्रो.निरज तामाङ्ग, गोपाल श्रेष्ठ ,दिपक घिमिरे भगत लिम्बु र राजु राई सर्वसम्मत निर्वाचित भएका छन् ।
डि.बि.राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला खेलकुद विकास समिति सुनसरीका अध्यक्ष दीपक राईको प्रमुख आतिथ्यमा भएको सो अधिवेशनमा अतिथीको रूपमा नेपाल गल्फ संघका केन्द्रिय उपाध्यक्ष तिलक राई, सुनसरी उधोग वाणिज्य प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ, प्रदेश खेलकुद बोर्ड कोशी प्रदेश बरिष्ठ प्रहरी उपरिक्षक भिम बहादुर दाहाल,धरान गल्फ क्लबका कोषाध्यक्ष देउराज पाख्रीन धरान उपमहानगर पालिका – १९ वडा समितिको वडाअध्यक्ष पुर्ण बहादुर लिम्बुले नवनिर्वाचित पदाधिकारीलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक