धरान: उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा राजनिति स्थायीत्व नभई आर्थिक सम्पन्नताको मार्ग अपनाउन मुस्किल हुने बताउनुभएको छ ।
बिहिबार धरान एक्सपो–२०८१ को उद्धघाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । देशको राजनिति स्थायीत्व दिनको लागी नै देशकै ठुलो दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर वर्तमान सरकारको गठन भएको उपप्रधानमन्त्री सिंहले बताउनुभयो । राजनिति स्थायीत्वको लागी सबै जनप्रतिधिहरुले पनि साथ दिनुपर्ने उहाँले बताउनुभयो । “समस्या राज्यको सबै ठाउँमा छ तर समस्या छ भनेर आतिनु हुँदैन सबै मिलेर अगाडी बढनुपर्छ” उहाँले बताउनुभयो ।
एक्स्पो किनमेल र मनोरञ्जनको थलो मात्र नबनाई आर्थिक गतिविधिलाई पुनः सक्रिय पनि बनाउन धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राईले बताउनुभयो । एक्स्पोमा सबैले सहभागी भई सफल बनाउन सबैलाई उहाँले आग्रह गर्नुभएको छ ।
एक्स्पोले स्थानीय उद्यमीलाई आफ्नो उत्पादन र सेवाहरूको प्रदर्शनका लागि महत्त्वपूर्ण अवसर प्रदान गर्ने विश्वास रहेको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बताउनुभयो । ‘धरानको आर्थिक गतिविधिलाई पुनः सक्रिय बनाउनु र स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउनु यस एक्स्पोको मुख्य उद्देश्य हो।’ उहाँले बताउनुभयो ।
कोरोना महामारी पछी सुस्ताएको धरान बजारलाई चलायमान बनाउने उद्धेश्यका साथ धरान एक्सपो आजबाट शुरु भएको छ ।
सुनसरि उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको एक्सपोमा धरानको आर्थिक गतिविधि, उद्योग व्यवसाय विकाश र विस्तार उदेश्यको साथ आगामी माघ ५ गते सम्म चल्ने भएको आयोजकले जनाएको छ ।
एक्सपोमा १ सय ४२ वटा स्टल रहेको छ जसमा राष्ट्रीय तथा अन्तराष्ट्रीय स्तरका छिमेकी देशरु लगायत कोशी प्रदेशका १४ वटै जिल्लाका ब्यापारी ब्यवसायी तथा सर्वसाधारणहरूले अवलोकन गर्ने तथा १० करोड बराबरको कारोबार हुने ने एक्स्पोका मुल संयोजक गोपाल श्रेष्ठले जानकारि दिनुभयो ।
एक्स्पोमा स्थानीय उत्पादन र त्यसको बजारीकरणको अनुभुति गराउन पनि सम्बद्ध कुराको प्रदर्शनीलाई समेत समेटेको छ । एक्सपोमा छिमेकी देश भारत, पाकिस्तान र बंगलादेशका समेत स्टल रहने छन भने पर्यटन, स्वास्थ्य, साहित्य संग सम्बन्धी पनि स्टल रहेको आयोजकले बताएको छ ।
एक्सपोमा पर्यटन, कृषी, स्वरोजगार सम्बन्धी, वित्तिय संस्था संग गोष्ठी तथा प्रशिक्षण कार्यक्रम समेत रहेको संघका महासचिव महेन्द्र प्रधानले वताउनुभयो । एक्सपोमा नेपालको कोशि प्रदेश संगै देशभरवाट मात्र नभई भारत, पाकिस्तान, भुटान लगाएतका ठाउँवाट दैनिक विस हजार मानिसले अवलोकन गर्ने संघका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा कोशि प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, सभासदहरु यसोदा कायस्थ, बिजय राई, धरान उपमहानगरपालिकाको उपप्रमुख आईन्द्रबिक्रम बेघा, पुर्व नगर प्रमुख तिलक राई लगायत राजनितिक दलहरुको प्रतिनिधिहरु, संघसंस्थाहरुको प्रतिनिधिहरु उपस्थिति रहेको थियो ।
धरान एक्स्पो स्थानिय सरकार धरान उपमहानगरपालिका, कोशी प्रदेश सरकार, सरकार र नेपाल उद्योग बाणिज्य महासंघको सहयोगमा हुन लागेको हो ।
हरेक दिन राष्ट्रिय कालाकारहरूको साङ्गीतीक कार्यक्रम समेत रहने छ ।