व्यवसाय

तेस्रो धरान एक्स्पोको तयारी पुरा, बिहीवारबाट सुरु हुदै

धरान उपहानगरपालिका १६ स्थित रंगशालाको तल्लो खेल मैदानमा भोलि विहीबारदेखि तेस्रो धरान एक्स्पो सुरु हुन लागेको हो । आयोजक उद्योग बाणिज्य संघ सुनसरीले बुधबार पत्रकार सम्मेलन मार्फत उक्त एक्स्पोको अन्तिम तयारी बारे जानकारी दिएको छ ।

उद्मोग वाणिज्य संङघ सुनसरीका अध्यक्ष बिजय श्रेष्ठले “धरानको व्यापार व्यवसाय प्रवद्वन गर्दै सुस्ताएको व्यापारलाई चलयमान बनाउनको लागि धरान एक्स्पो २०८१ भोलिदेखि सुरुहुने जानकारी गराउनु भएको छ।
उहाँका अनुसार यस एक्स्पोले स्थानीय कृषि, उद्योग, र पर्यटनको प्रवर्द्धन गर्नुका साथै धरानलाई क्षेत्रीय व्यापारिक केन्द्रको रूपमा स्थापित गर्न मद्दत गर्नेछ”। काेशी प्रदेश  सरकार र धरान उपमहानगरपालिकाको सहकार्यमा आयोजना गरिएको यस व्यापारिक मेलाको उद्घाटन उप–प्रधानमन्त्री तथा सहरी विकास मन्त्री माननीय प्रकाशमान सिंहले गर्नु हुने भएको छ। उद्घाटन समारोहमा संघीय र प्रदेश सरकारका अन्य विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहने आयोजकले जनाएको छ।

अध्यक्ष श्रेष्ठले १० दिनसम्म सञ्चालन हुने यस एक्स्पोमा कृषि उत्पादन, हस्तकला, पर्यटन, तथा उद्योग क्षेत्रका करिब एक सय पचासवटा स्टलहरू रहनुका साथै, आगन्तुकहरूले सस्तो र गुणस्तरीय सामान खरिद गर्न पाउने जानकारी दिनुभएको छ । मनोरञ्जनका लागि स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति तथा अन्य विविध कार्यक्रमहरू पनि समावेश गरिएको उहाँले बताउनु भएको छ। एक्स्पोको पहिलो दिन चर्चित गायीका ईन्द्रकला राईको सांगीतिक प्रस्तुति हुनेछ।

एक्स्पोले स्थानीय उद्यमीलाई आफ्नो उत्पादन र सेवाहरूको प्रदर्शनका लागि महत्त्वपूर्ण अवसर प्रदान गर्ने ‘धरानको आर्थिक गतिविधिलाई पुनः सक्रिय बनाउनु र स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनु यस एक्स्पोको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

एक्स्पोमा विभिन्न क्षेत्रका उद्यमीहरूले आफ्ना नवीनतम उत्पादन र सेवाहरू प्रदर्शन गर्नेछन्। स्थानीय तथा राष्ट्रिय स्तरका पर्यटकहरूलाई आकर्षित गर्न विशेष योजना बनाइएको छ। जसका लागि एक्स्पोमा भारत, बङ्गलादेश भुटानका गरी १ सय २२ वटा स्टल राखिएको छ । सुनसरी उद्योग वाणिज्य संघले एक्स्पोमा सहभागी हुन र यसलाई सफल बनाउन सबैमा आव्हन गर्दै एक्स्पोको तयारी भव्य रूपमा गरिएको र यसले व्यापारिक क्षेत्रसँगै मनोरञ्जन प्रेमीहरूलाई पनि आकर्षित गर्ने विश्वास आयोजकको रहेको छ।

छुटाउनुभयो कि ?

व्यवसाय

फेरि फेरि लुगा लगाउनका लागि फेसनएबल धरानमा सुरु भयो “फेरिका”

फेरीकाको अर्थ भन्दा पनि सबैले यहाँ बाट लुगा खरिद गरेर फेरि फेरि लुगा लाउनु पर्छ भन्ने उद्वेश्यले फेरिका नाम राखेको
व्यवसाय

यूएईमा नेपालीले चलाएको प्रसिद्ध ब्रान्ड ‘राफ्फे’ नेपाल भित्रिदै

काठमाडौं : यूएईको प्रसिद्ध मोबाइल एसेसरिज ब्रान्ड राफ्फेले नेपालमा पनि शाखा बिस्तार गर्दैछ। अहिले नेपालको बजार सर्वे गरिरहेको कम्पनीले दुई