धरान विशेष

हिमाली माविका प्र.अ. विरुद्ध शिक्षा महाशाखामा उजुरी


धरान: धरान उपमहानगरपालिका–५ स्थित हिमाली माध्यमिक विद्यालयका प्रधानाध्यापक एम कुमार खत्री विद्यालयमै नेपाली कांग्रेसको वडा भेला आयोजना गरी सहभागी भएको आरोपमा शिक्षा महाशाखामा बेनामे उजुरी परेको छ।
धरान उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख ध्रुव खड्काका अनुसार मंगलबार महाशाखामा बेनामे उजुरी परेको हो।
उजुरीमा प्रधानाध्यापक खत्रीले असोज ४ गते आइतबार विद्यालय परिसरमै नेपाली कांग्रेसको धरान–५ वडा भेला आयोजना गरी सहभागी भएको आरोप लगाइएको छ ।
शिक्षक तथा प्रधानाध्यापकजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले राजनीतिक गतिविधिमा संलग्न हुँदा प्रचलित शिक्षा ऐन, नियमावली तथा शिक्षक आचारसंहितामा रहेका व्यवस्थाको पालना गर्नुपर्ने उजुरीमा उल्लेख गरिएको छ।
उजुरीमा उक्त घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य पत्ता लगाउन र आरोप पुष्टि भएमा प्रचलित कानुन तथा नियमावली बमोजिम आवश्यक कारबाही गर्न माग गरिएको छ। घटनाबारे सम्बन्धित निकायबाट छानबिन भएपछि मात्रै प्रधानाध्यापक खत्रीको संलग्नता र कार्यक्रमको प्रकृति स्पष्ट हुने देखिन्छ।
महाशाखा प्रमुख खड्काले उजुरीका आधारमा सम्बन्धित प्रधानाध्यापकसँग स्पष्टीकरण सोधिने बताए। उनले भने ‘स्पष्टीकरणपछि प्राप्त तथ्यका आधारमा आवश्यक प्रक्रिया अगाडि बढाइनेछ।’

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।