शिक्षा

हिबिस्कस स्कुलद्वारा विद्यार्थीहरुलाई पाँचदिने उद्घोषणकला तथा नेतृत्व विकास तालिम

धरान: धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर्मी बिदाको सदुपयोग गर्दै विद्यार्थीका लागि पाँचदिने उद्घोषणकला तथा नेतृत्व विकास तालिम सञ्चालन गरेको छ।
सोमबारदेखि सुरु भएको तालिम शुक्रबारसम्म सञ्चालन हुने विद्यालयका प्रबन्ध निर्देशक गङ्गाराम राईले जानकारी दिए। उनका अनुसार बिदाको समयलाई सिर्जनात्मक रूपमा उपयोग गर्दै विद्यार्थीको बोल्ने कला, प्रस्तुतीकरण क्षमता, आत्मविश्वास र नेतृत्व विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।


तालिम अवधिभर औपचारिक कार्यक्रम सञ्चालन, उद्घोषणकला, वक्तृत्वकला, प्रभावकारी प्रस्तुतीकरण, आत्मविश्वास अभिवृद्धि तथा नेतृत्व विकाससम्बन्धी विषयमा विद्यार्थीलाई व्यवहारिक अभ्याससहित प्रशिक्षण दिइनेछ। तालिमको सहजीकरण सञ्चारकर्मी तथा प्रशिक्षक तीर्थ कार्कीले गरिरहेका छन्।
तालिममा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूको सहभागिता रहेको स्कुलका अतिरिक्त क्रीयाकलाप संयोजक नयनराज राईले जानकारी दिए। विद्यालयले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको व्यक्तित्व विकाससँगै सार्वजनिक रूपमा आत्मविश्वासका साथ प्रस्तुत हुने क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई