धरान विशेष

धरानका धार्मिक तथा पर्यटकीय स्थल जोड्दै ३० किलोमिटरको ‘कोरा राइड’ सम्पन्न


धरान: धरानका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरूलाई जोड्दै ३० किलोमिटर लामो ‘कोरा राइड–२०८३’ शनिबार सम्पन्न भएको छ।
पेडलर्स धरान माउन्टेन बाइकिङ क्लबको आयोजनामा भएको राइडमा ३०० भन्दा बढी साइकलयात्री सहभागी भएका थिए।
कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले कार्यक्रमको उद्घाटन गर्दै धार्मिक पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण र स्वस्थ जीवनशैली प्रवर्द्धनका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताए।
उनले कोरा राइडले स्थानीय धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसारमा टेवा पुग्ने उल्लेख गर्दै साइकल संस्कृतिको विस्तारले इन्धनको खपत घटाउने, वातावरण संरक्षणमा योगदान पुर्‍याउने र नयाँ पुस्तालाई स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरे।
राइड धरान–२ स्थित भानुचोकबाट सुरु भई धरान–८ को लाङ्घाली सामुदायिक पार्कमा पुगेर सम्पन्न भएको थियो।
साइकल यात्राको रुट भोटेपुल, धनकुटे रोड,बुद्धचोक, घोपा गेट, रेलवे चोक, रत्नचोक, मङ्गलवारे, कल्याणचोक, आँपगाछी,स्वस्तिका चोक, इस्कोन मन्दिर, वैष्णवी देवी मन्दिर, धरान रङ्गशाला, फुसे्र, बुढासुब्बा मन्दिर, पिण्डेश्वर मन्दिर, विजयपुर, दन्तकाली मन्दिर, निराञ्जन बस्ती, भिन्टेज फेमिली रिसोर्ट, अधेरी खोला, ठिङ्गाबारी, खैरेनी हुँदै चारकोसे जंगल पार गरी लाङ्घाली सामुदायिक पार्कमा पुगेर टुंगिएको थियो।
पेडलर्स धरानका अध्यक्ष किसन मास्केले कोरा राइडले धरानका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई एकै यात्रामा समेट्दै आन्तरिक पर्यटन प्रवर्द्धन, वातावरणमैत्री यातायातको प्रयोग र स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्य बोकेको बताए ।
कोरा राईडमा धरान बाहेक काठमाडौँ, पोखरा, बुटवल लगायत शहरबाट पनि साइकलयात्रा प्रेमीहरू सहभागी भएको बताए ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।