शिक्षा

हिबिस्कस स्कुलमा अन्तरसदन स्पेलिङ कन्टेस्ट सम्पन्न, अन्नपूर्ण सदन प्रथम

हिबिस्कस स्कुलमा अन्तरसदन स्पेलिङ कन्टेस्ट सम्पन्न, अन्नपूर्ण सदन प्रथम
धरान: धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा शुक्रबार अन्तरसदन स्पेलिङ कन्टेस्ट (हिज्जे प्रतियोगिता) सम्पन्न भएको छ।
स्कुलका अतिरिक्त क्रियाकलाप संयोजक नयनराज राईका अनुसार प्रतियोगितामा अन्नपूर्ण सदन प्रथम, कञ्चनजङ्घा सदन द्वितीय, मनास्लु सदन तृतीय तथा सगरमाथा सदन सान्त्वना स्थान हासिल गर्न सफल भए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई स्कुलका भाइस प्रिन्सिपल विजय सिंह थेबे र शिक्षिका सपना शाहले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए।
विद्यार्थीहरूको बौद्धिक क्षमता, शब्दभण्डार तथा सही हिज्जे लेख्ने सीपको विकास गर्ने उद्देश्यले स्पेलिङ कन्टेस्ट आयोजना गरिएको स्कुलका प्रबन्ध निर्देशक गङ्गाराम राईले जानकारी दिए।
स्कुलले यस्ता अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको सिर्जनशीलता, आत्मविश्वास र सिकाइ क्षमताको विकासमा निरन्तर जोड दिँदै आएको जनाएको छ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई