
धरान: विजयपुर दरबार संरक्षण संघर्ष समितिले विजयपुर दरबार क्षेत्रमा शनिबार बृहत सरसफाई गरेका छन । बिजयपुर दरबार क्षेत्र देखि सुरु भएको सरसफाई पञ्चकन्या मन्दीरमा आएर समापन भएको हो ।
सरसफाई कार्यक्रममा बोल्दै किरात याक्थुम चुम्लुङ धरानका अध्यक्ष तिर्थ मादेम्बाले विजयपुर दरबार क्षेत्रको ऐतिहासिक र सांस्कृतिक महत्व जोगाउनुपर्ने हाम्रो दायित्व रहेको बताए ।
उनले हामी नितान्त सरसफाई कार्यक्रममा उपस्थित भएकाले दरबार क्षेत्रमा रहेका कुनैपनि संरचना नछुई र नढाली र बोट विरुवा नभाच्न आग्रह गरे । सरसफाई कार्यक्रममा लिमबुहरुले नाराबाजी गरेका थिए। उनीहरूले विजयपुर दरबार संरक्षण जिन्दावाद, सांस्कृतिक अतिक्रमण बन्द गर, विजयपुर हाम्रो प्राण हो, विजयपुरको इतिहास जिन्दावाद, लगायतका नारा लगाएका थिए।
बिजयपुर दरबारको संरक्षण इतिहासको सम्मान तथा आफूहरूले सांस्कृतिक अतिक्रमण भनेको गतिविधि रोक्न माग गर्दै श्रावण २२ गते विजयपुरमा राजनीतिक तहका नेताहरूको सहभागितामा वृहत् कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए।
प्रतिनिधिसभामा विजयपुरसँग सम्बन्धित विषय उठाइएको उल्लेख गर्दै मोरङ क्षेत्र नम्बर १ का गैर याक्थुम समुदायका तर्फ साम्सद यज्ञमणी न्यौपानेले सम्बोधन आफूहरूको ध्यानाकर्षण भएको बताए। उनले आन्दोलन निरन्तर रहने जनाउँदै साउन २२ गतेको सभामा सांसद यज्ञमणी न्यौपाने समेत सहभागी भएर सम्बोधन गर्ने तयारी रहेको संघर्ष समितीका सदस्य अमित थेवेले बताए ।
विजयपुर दरबार संरक्षणका लागि सबै पक्षलाई एकजुट हुन आग्रह गर्दै आन्दोलनमा साथ दिन संघर्ष समितीक संयोजक सुबास हुक्पाचोङवाङले आह्वान गरे।


