खेलकुद

स्वर्गीय राजभगत प्रधानाङ्गको स्मृतिमा असोज १०–११ मा ‘मिस्टर राज भगत क्लासिक’ बडिबिल्डिङ च्याम्पियनसिप हुने


धरान: गत वर्ष जेनजी आन्दोलनका कारण स्थगित भएको नेपालको शारीरिक सुगठन क्षेत्रका राष्ट्रिय सम्मान प्राप्त तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त लेजेन्ड बडिबिल्डर स्वर्गीय राज भगत प्रधानाङ्गको स्मृतिमा प्रथम कोशी प्रदेश ‘मिस्टर राज भगत क्लासिक बडिबिल्डिङ च्याम्पियनसिप’ आगामी असोज १० र ११ गते धरानमा आयोजना हुने भएको छ।
धरान फिटनेस क्लबले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको मिति सार्वजनिक गरेको हो। क्लबका प्रमुख तथा स्वर्गीय प्रधानाङ्गका छोरा कुबेर भगत प्रधानाङ्गले प्रतियोगिता धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको द साहारा हलमा सञ्चालन हुने जानकारी दिए।
उनका अनुसार प्रतियोगितामा कोशी प्रदेशका ६० देखि ७० जना बडिबिल्डरको सहभागिता रहनेछ। प्रतियोगिता ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजीमाथि गरी पाँच तौल समूहमा सञ्चालन हुनेछ।
पहिलो दिन प्रिजजिङ राउन्ड सम्पन्न हुनेछ, जसबाट प्रत्येक तौल समूहका ५ वा ६ जना खेलाडी फाइनलका लागि छनोट हुनेछन्। दोस्रो दिन प्रत्येक तौल समूहका विजेताबीच ओभरअल उपाधिका लागि मुख्य प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको ओभरअल विजेताले ३ लाख रुपैयाँ, उपविजेताले २ लाख, तेस्रो हुनेले १ लाख, चौथो हुनेले ७५ हजार, पाँचौँ हुनेले ५० हजार र छैटौँ हुनेले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै प्रत्येक तौल समूहका दोस्रो र तेस्रो स्थान प्राप्त खेलाडीले क्रमशः १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। बेस्ट पोजर र मोस्ट मस्कुलर विधाका विजेतालाई पनि जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
स्वर्गीय राज भगत प्रधानाङ्ग नेपालमा शारीरिक सुगठन प्रतियोगिताको विकास र व्यवसायीकरण गर्ने अग्रणी व्यक्तिका रूपमा परिचित छन्। उनले २०२७ सालदेखि धरानमा बडिबिल्डिङ अभ्यास सुरु गरेका थिए भने २०३२ सालमा धरानमा पहिलो जिम स्थापना गरेका थिए। नेपालमै पहिलो पटक धरानबाट बडिबिल्डिङ प्रतियोगिता सुरु गर्ने श्रेय पनि उनलाई नै दिइन्छ।
हाल उनका छोरा कुबेर भगत प्रधानाङ्गले पिताले सुरु गरेको व्यवसाय र खेललाई निरन्तरता दिँदै आएका छन्। उनले स्वर्गीय पिताको स्मृतिमा सुरु गरिएको यो प्रदेशस्तरीय प्रतियोगितालाई हरेक दुई–दुई वर्षमा संस्थागत रूपमा निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक