खेलकुद

मेयर कप स्कुल ओलम्पिक: १३ स्वर्णसहित माउण्ट हर्मन च्याम्पियन


धरान: तेस्रो धरान मेयर कप स्कुल ओलम्पिकमा १३ स्वर्ण पदकसहित माउण्ट हर्मन स्कुल समग्र च्याम्पियन बनेको छ। असार १३ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा माउण्ट हर्मनले १३ स्वर्ण, २ रजत र ९ कास्य पदक जित्दै शीर्ष स्थान सुरक्षित गरेको हो।
सैनिक आवासीय स्कुलले ७ स्वर्ण, ४ रजत र ५ कास्य पदकसहित दोस्रो स्थान हासिल गर्दा पब्लिक हाई स्कुलले पनि ७ स्वर्ण र ४ रजत जिते पनि ३ कास्य पदकका आधारमा तेस्रो स्थानमा रह्यो।
सुनाखरी स्कुल ६ स्वर्ण,८ रजत र ६ कास्य पदकसहित चौथो तथा नेपाल प्रहरी स्कुल ५ स्वर्ण, ८ रजत र ७ कास्य पदकसहित पाँचौँ स्थानमा रह्यो। हेप्पी केयर स्कुल र मेघा हिमालयन स्कुलले समान ४–४ स्वर्ण पदक जिते। हेप्पी केयरले ११ रजत र ९ कास्य पदकसहित उत्कृष्ट समग्र प्रदर्शन गर्दा मेघा हिमालयनले २ रजत र २ कास्य पदक जित्यो।
त्यसैगरी विष्णु मेमोरियल स्कुल र ओशिस स्कुलले ३–३ स्वर्ण पदक जिते भने युरेका, लोटस, डिपोर्ट, सुनगाभा, जानकुञ्ज, सियोन, लिगामेन्ट र बुद्ध आदर्श स्कुलले समान २–२ स्वर्ण पदक जिते। होलिगार्डेन,सेन्ट जोसेफ, सिद्धार्थ, नोवेल, दन्तकाली मावि, गोरखा स्कुल, ज्ञानोदय मावि, होलिल्याण्ड, के–के इन्टरनेशनल, जोलसाय, सहिद र प्रभात स्कुलले १–१ स्वर्ण पदक जित्न सफल भए।

शनिबार आयोजित समापन समारोहलाई सम्बोधन गर्दै धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्रविक्रम बेघाले धरानलाई खेलकुदको सहर तथा खेलकुद राजधानीका रूपमा स्थापित गर्ने लक्ष्यसहित नगर सरकारले स्थानीय क्लब र विद्यालयसँग सहकार्य गर्दै आएको बताए। सबै विद्यालयलाई खेलमार्फत जोड्ने उद्देश्यले मेयर कप स्कुल ओलम्पिक आयोजना गरिएको उल्लेख गर्दै उनले खेल क्षेत्रमा आवश्यकताअनुसार लगानी अझै हुन नसकेको स्वीकार गरे। उपलब्ध स्रोत–साधनभित्र रहेर खेलकुद विकासका लागि निरन्तर काम भइरहेको उनको भनाइ थियो।
उनले खेलकुदसँगै खानेपानी, पूर्वाधार विकास र सुशासनलाई पनि नगरको प्राथमिकतामा राखिएको बताए। उनका अनुसार धरान खानेपानी आयोजनाका लागि संघीय सरकारबाट साझेदारीको मोडेल प्राप्त भइसकेको छ। सोहीअनुसार नगरसभाले ३ करोड रुपैयाँ विनियोजन गरी साझेदारी कार्यान्वयनको तयारी गरेको छ।
कोशी खानेपानी परियोजनाको ऋणको सम्पूर्ण भार धरानवासीले मात्रै बोक्न नहुने भन्दै बेघाले यस विषयमा संघीय सरकार सकारात्मक हुनुपर्ने धारणा राखे। नगरसभा सम्पन्न भएपछि प्रतिनिधिमण्डलसहित काठमाडौं पुगेर सम्बन्धित निकायसँग छलफल गर्ने तयारीसमेत भइरहेको उनले जानकारी दिए।
खानेपानी व्यवस्थापन बोर्डमा पारदर्शिता कायम गर्न आफू अध्यक्ष बनेपछि प्रत्येक महिनाको १ गते आम्दानी–खर्चको विवरण सार्वजनिक गर्ने व्यवस्था गरिएको उनले बताए। बोर्डको नियमित अडिट तथा आन्तरिक लेखापरीक्षणलाई निरन्तरता दिइएको उनको भनाइ थियो।
पानी उत्पादन क्षमतामा वृद्धि भएको उल्लेख गर्दै उनले पहिले दैनिक करिब १ करोड ५२ लाख लिटर उत्पादन क्षमता रहेकामा विभिन्न स्रोत विस्तार र ट्याङ्कर कोटाबाट थप व्यवस्थापनपछि हाल करिब १ करोड ७० लाख लिटर बराबरको आपूर्ति संरचना तयार भएको बताए।

पूर्वाधार विकासतर्फ फागुनको पहिलो सातादेखि हालसम्म ८ हजार २०६ मिटर सडक कालोपत्रे सम्पन्न भएको र थप निर्माण कार्य जारी रहेको उनले जानकारी दिए। विभिन्न वडामा आरसीसी ढलानका कामसमेत तीव्र गतिमा अघि बढिरहेको उनको भनाइ थियो।
समापन समारोहमा सुनाखरी एकेडेमी र नेपाल प्रहरी स्कुलबीच मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो। प्रतियोगिताका विभिन्न विधाका स्वर्ण, रजत र कास्य पदक विजेतालाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक