समाज

नेवा थयु गुथीको १८औं साधारणसभा सम्पन्न


धरान: नेवा थयु गुथीले आफ्नो १८औं वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न गरेको छ। शनिबार सम्पन्न साधारणसभाका अवसरमा धिमे बाजा तालिमको समापन सँगै नेवा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथिका धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले संस्कार र संस्कृति जोगिए मात्रै समुदायको अस्तित्व बच्ने बताउँदै यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिए।
धरान–८ स्थित नयाँ बसपार्कमा सम्पन्न सभामा संस्थाका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। सभाले संस्थाको संगठनात्मक गतिविधि, सांस्कृतिक संरक्षण तथा समुदायिक एकताबारे समीक्षा गर्दै आगामी योजनासमेत सार्वजनिक गरेको छ।
सो अवसरमा नेवा थयु गुथीले धिमे बाजा तालिम समापन गर्दै नेवा भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर लागिरहने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा विभिन्न नेवा समुदायको पहिचान र परम्परालाई झल्काउने सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले