
धरान: धरान खानेपानी बोर्डले सोमबारदेखि खानेपानी बिल भुक्तानी, नयाँ धारा जडान तथा सम्पूर्ण आय–व्यायको जानकारी लिन सकिने नयाँ मोबाइल एप्स र वेबसाइट सुरु गरेको छ।
बोर्डका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघालेले यस डिजिटल प्रणालीको सुभारम्भ गर्दै, सेवाग्राहीका लागि सजिलो, छिटो र पारदर्शी सेवा प्रदान हुने जानकारी दिए।
बेघालेले खानेपानी बिलिङ र आर्थिक कारोबार अनलाइन हेर्न र भुक्तानी गर्न सकिने, सेवाग्राहीले निवेदन र प्रशासनिक कामको लागि कार्यालय धाउन नपर्ने, सम्पूर्ण जानकारी, फाराम, नयाँ धारा जडान आवेदन र व्यक्तिगत अभिलेख मोबाइल एप्स र वेबसाइट मार्फत उपलब्ध भएको बताए ।
अध्यक्ष बेघालेले बोर्डको लेखा प्रणालीलाई पूर्ण पारदर्शी बनाउन डिजिटलकरण गरिएको र आवश्यक ऐन, नियम तथा कानुन निर्माणको प्रक्रिया पनि सुरु गरिएको जानकारी दिएका छन्।
बेघाले चाडै खानेपानी बोर्डको अडिट सार्वजनिक गर्ने समेत बताएका छन । उनले अव बोर्डका सम्पूर्ण आम्दानी खर्च वेवसाईटमा सार्वजानिक गरिने बताए । सञ्चारकर्मीहरुले कोकाह भाग १ र भाग २ ,पकुवा, भालुखोला लगायतको अडिटको समेत माग गरेका छन ।

