राजनिती

सुजेन्द्र गोलेलाई जिताउन काग्रेसले २ हजार १११ निर्वाचन परिचालन समिती घोषणा


धरान: नेपाली कांग्रेसले सुनसरी क्षेत्र नम्बर–१ बाट उम्मेदवार सुजेन्द्र तामाङ गोलेलाई सघाउन २,१११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। मंगलबार आयोजित पत्रकार भेटघाट तथा चुनावी भेलाले पार्टी कोशी प्रदेश समितिका महामन्त्री उमेश थापाको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिएको छ।
आर्थिक समिति संयोजक प्रविन राई , युवा परिचालन समिती संयोजक पर्वत राई, प्रचार–प्रसार समिति संयोजक श्याम पोख्रेल,संघ संस्था समन्वय तथा परिचालन संयोजक तिलक राई,महिला परिचालन समिति संयोजक उर्मिला प्रधान,दलित परिचालन संयोजक गणेश परियार, खेलकुद समिति संयोजक किशोर राई, बिदेश संयोजक संदिप श्रेष्ठ, मजदुर संयोजक देउमान लिम्बु, विद्यार्थी परिचालन संयोजक प्रशान राई रहेका छन् ।
कांग्रेसले “बदलिएको कांग्रेसले बदल्ने छ देश, क्षेत्र–१ बनाउने छ” भन्ने नारासहित १७ बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ। घोषणा पत्रमा धरान उपमहानगरपालिका, वराहक्षेत्र नगरपालिका र रामधुनी नगरपालिकाका अधुरा तथा अलपत्र परेका विकास योजनाहरू प्राथमिकताका साथ सम्पन्न गर्ने,संघीय सरकारसँग समन्वय गरी यस क्षेत्रमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्ने। साथै
यस क्षेत्रका बाटोघाटो, पुल–पुलेसा, मठ–मन्दिर, गुम्बा, चर्च, देवस्थल तथा सार्वजनिक स्थलहरूको संरक्षण र स्तरोन्नति गर्दै धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । साथै सुनसरी क्षेत्र १ मा थप उद्योग सञ्चालनका लागि उद्योगमैत्री वातावरण निर्माण गर्दै व्यवसायीहरूसँग संवाद र कार्ययोजना अघि बढाउने।,यस क्षेत्रलाई शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको केन्द्रका रूपमा विकास गर्ने।,बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दक्ष जनशक्ति र अत्याधुनिक उपकरणयुक्त बनाई सेवा सहज र सर्वसुलभ बनाउने, साथै स्थानीय जनशक्तिलाई नर्स र डाक्टरको कोटा सुनिश्चित गर्न पहल गर्ने।
कमजोर बन्दै गएको व्यापार–व्यवसाय पुनर्जीवनका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गरी लगानीमैत्री वातावरण बनाउने। सरकारी तथा निजी शैक्षिक संस्थाको शैक्षिक गुणस्तर सुधारका लागि अनुकूल वातावरण निर्माण गर्ने।,सडक, खानेपानी, सिंचाइ र विद्युतमा आत्मनिर्भर क्षेत्र निर्माणका लागि धरान–तमोर सुरुङ मार्ग जस्ता दीर्घकालीन योजना अघि बढाउने।
भूमिहीन नागरिकलाई भूमिपति बनाउने पहल गर्ने तथा बाढी, पहिरो र प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरणका लागि योजना तर्जुमा गर्ने।
भ्रष्टाचार, अनियमितता र अधिकार दुरुपयोगविरुद्ध शून्य सहनशीलता अपनाउँदै इमानदार र पारदर्शी नेतृत्व प्रदान गर्ने।,बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचानको सम्मान गर्दै सामाजिक सद्भाव कायम गर्ने।
नागरिकसँग निरन्तर संवाद र सहकार्य गर्दै गुनासा तथा समस्या समाधानमा सधैँ तत्पर रहने।,खेलकुद प्रवर्द्धनका लागि अन्तर्राष्ट्रियस्तरको खेल पूर्वाधार निर्माण गर्ने।
,धरान यातायात व्यवसायको केन्द्र भएकाले उपयुक्त स्थान पहिचान गरी अटो–जोन निर्माण गर्दै यातायात क्षेत्रलाई व्यवस्थित बनाउने।,स्थानीय योजना र सरोकारलाई केन्द्रीय नीति तथा बजेटसँग जोड्ने।,गोर्खा भूतपूर्व सैनिकहरूको सेवा–सुविधा तथा नागरिकतासम्बन्धी समस्याको समाधानका लागि पहल गर्ने जस्ता घोषण रहेका छन । साथै बदलिएको काग्रेसले आगामी निर्वाचन नै वर्तमान राजनीतिक तथा संवैधानिक संकटको लोकतान्त्रिक निकास समेत गर्ने नेता कार्यकर्ताहरुले उद्घोष गरेका छन्।कार्यक्रममा कांग्रेस चुनाव चिह्न ‘रुख’सहित नेता–कार्यकर्ता, महिला र ज्येष्ठ नागरिकको उल्लेखनीय उपस्थिति देखियो। कार्यक्रममा ६६ प्रतिशत युवा उम्मेदवारसहित पार्टीले आगामी निर्वाचनका लागि रणनीति सार्वजनिक गरेको छ।
फागुन २१ का लागि प्रत्यक्ष उम्मेदवार सुजेन्द्र तामाङ गोले र समानुपातिक उम्मेदवार निर्मला गुरुङ राईले क्षेत्र १ मा शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडक पूर्वाधार र सिंचाइ व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३