
धरान: याक्थुङ चलचित्रकर्मी संघले दोस्रो पटक ‘याक्थुङ सिने अवार्ड ईन्टरनेशनल २०८२’ आयोजना गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन आयोजना गर्दे संघले माघ २४ गते शनिवार नेपालका प्रतिष्ठित कलाकारहरुको उपस्थितिमा अवार्ड कार्यक्रम गर्ने जानकारी दिएको हो ।
याक्थुङ चलचित्रकर्मी संघका अध्यक्ष नविन मेन्याङवोले पहिलो सिने अवार्डमा याक्थुङ लिम्बू मातृभाषाका सिने कलाकार तथा चलचित्रलाई मात्र समावेश गरेता पनि दोस्रो याक्थुम सिने अवार्डमा यसपटक लिम्बु पालम र म्युजिक भिडियोहरू पनि समावेश गरिएको जानकारी दिए । नेपालमा दोस्रो पटक अवार्ड तथा पुरस्कार प्रदान गर्न लागिएको हो ।
अवार्ड समारोहमा चलचित्र तर्फ ९ वटा विधा र लघु चलचित्र तर्फ २ वटा विधा, याक्थुङ गित तथा म्युजिक भिडियो तर्फ ३ वटा र याक्थुम पालाम म्यूजिक भिडियो तर्फ १५ वटा दर्ता भएका छन ।
फीचर फिल्महरू थथामा,मिम्जिफुङ (मिम्जिफुङ)सेमिफुङ (सेमिफुङ),नुमा हाङ्मा,लाम्डेडमा,भिमलेनफुङ,नाम ओती,रित,थिम रहेका छन । भने लघु चलचित्र अन्र्तगत
तडसिंग,आडगा,याक्थुङ गीत संगीत भिडियो अन्र्तगत सिराप धाम ,मुयेदसा एरमा,मिम्बी ई रहेका छन भने याक्थुङ पालम म्युजिक भिडियो अन्र्तगत तापलेजुङ्गे थाडवेन्हा,एनिया बारो,मुकुम्फुङ,ताम्बुदचा,तेरआ वेले,सेम्मुई ता जेड,आन्चेनवा मिमजिड,बरुम्हाङ,मामजाबुङ्गे तेरेवेन,फुडसरी सदसाङ,फाक्टाकलुङ,मुकुम्लुङ,खाम्बेक फुङ,मिम्बजिरेड सेफाङ प्रतिस्पर्धामा अवार्डका लागि भिडने भएका छन ।
चलचित्र तर्फ सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट नायक, सर्वोत्कृष्ट नायिका, सर्वोत्कृष्ट चरित्र अभिनेता, सर्वोत्कृष्ट चरित्र अभिनेत्री, पब्लिक चोईस विधामा अवार्ड प्रदान गरिने छ ।
लघु चलचित्र तर्फ उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, पब्लिक चोईस लघु चलचित्र विधामा अवार्ड प्रदान गरिने छ । अवार्डका लागि ८ नियम भित्र रहेका चलचित्र तथा कलाकार चयन गरिने बताइएको छ । साथै आयोजकले निर्धारण गरेको नीति नियम बमोजिम अवार्ड प्रदान हुनेछ ।
फिचर फिल्मको हकमा चलचित्र विकास बोर्डमा दर्ता र सेन्सर पास भएको हुनुपर्नेछ । फिचर फिल्म वा लघु चलचित्र याक्थुङ लिम्बू सांस्कृतिक अथवा मातृभाषामा चलचित्रलाई मात्र अवार्डमा समावेश गरिएको अवार्ड वितरणमा निर्णायक मण्डलले गरेको निर्णय अन्तिम हुने अध्यक्ष मेन्याङवोले बताए ।
उनले भने ‘याक्थुङ चलचित्रको प्रचार प्रसार, बजारीकरण र चलचित्रकर्मीलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो ।’ यसबाट याक्थुङ कला, संस्कृतिको संवर्धन, प्रवर्द्धन र स्थानीय क्षेत्रहरूको पर्यटन विकास गर्ने विश्वास गरिएको छ । समारोहमा नेपालका प्रतिष्ठित कलाकारहरूको सहभागी हुने उनले बताए ।
नेपालका याक्थुङ चलचित्रकर्मीहरू बिच एक आपसमा याक्थुङ चलचित्र र नेपाली चलचित्रको सञ्जाल बनाउँदै याक्थुङ चलचित्रकर्मीहरूले निर्माण गरेको याक्थुङ र नेपाली चलचित्रहरूको स्तर उन्नतिको प्रयास सङ्घले गरिरहेको बताइएको छ ।
संघका अध्यक्ष नबिन मेन्याङ्बोले अवार्ड मार्फत याक्थुङ चलचित्रको प्रचार–प्रसार, बजारीकरण र चलचित्रकर्मीहरुलाई सम्मान, प्रोत्साहन तथा हौसला प्रदान गर्ने उद्देश्य राखिएको जानकारी दिए । मेन्याङ्बोले दोस्रो याक्थुम सिने अवार्डमा यसपटक लिम्बु पालम र म्युजिक भिडियोहरू पनि समावेश गरिएको बताए । उनले गत वर्षको अवार्ड कार्यक्रममा चर्चित लेखक–निर्देशक उपेन्द्र सुब्बा, कलाकार याशेली योङ्हाङ र संघ अध्यक्ष नबिन मेन्याङ्बो मुख्य जुरी रहेको थियो।
फिचर चलचित्र अन्र्तगत सर्वोत्कृष्ट चलचित्र ‘चे’,युक्पुङ फिल्मका निर्देशक दिनेश माङमु ,माङ्गेना फिल्मका नायक किशोर सम्बाहाम्फे,‘चे’की नायिका बिमला खजुम ,सिकुम फिल्मका नव–नायक राज श्रेष्ठ,लोजिमाका नव–नायिका निसाम तुम्बापो ,चरित्र अभिनेतास् सिडी बेघा हाडनान्द,चरित्र अभिनेत्री डम्बर कुमारी पयाङ्बो सुगुप,सोदुड्ना लेम्मुहाङ अवार्ड प्रेम सुब्बा,तिगेन्जङना अवार्डस् मिना हुक्पा चोङवाङ,सामाजिक चलचित्र सुगुप,सामाजिक लघु चलचित्र खोक्पा प्राप्त गरेका थिए । भने लघु चलचित्र तर्फ उत्कृष्ठ चलचित्र खोक्पा भएको थियो । व्यत्तिगत विधा तर्फ खोक्पाका उत्कृष्ट निर्देशक प्रकाश लिम्बु,नायक तिरज लिम्बु खोक्पा,नायिका बिमला थोक्लिहाङ इछिङ,अभिनेता कर्ण सम्बाहाम्फे इछिड,अभिनेत्री मिना हुक्पा चोङवाङले प्राप्त गरेका थिए ।


