राजनिती

किरात र लिम्बुवान मोर्चाले कोशी प्रदेशको नयाँ नाम घोषणा किरात, लिम्बुवान, कोचिला

धरान: नेकपा माओवादीको किरात र लिम्बुवान मोर्चाको बैशाख २८ गते धरानमा सम्पन्न महाधिवेशनले गरेको निर्णयहरू सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा किरात र लिम्बुवान मोर्चाका अध्यक्षद्धय राम कुमार राई ‘पासाङ’ र मुक्सामहाङ मेन्याङबो ‘मुकेश’ले ७ बुद्धे घोषण पत्र सार्वजनिक गरेका छन ।

संयुक्त मोर्चाको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । मोर्चाको बेग्ला बेग्लै वैशाख २९ गते भएको बन्द सत्रले ७ बुँदे घोषणापत्र जारी गरेको हो।

पत्रकार सम्मेलनमा जारी घोषणापत्रमा भनिएको छ‘लिम्बु समुदायको आस्थाको धरोहर मुक्कुम्लुङ माथि केबलकार निर्माणको नाममा भइरहेको अतिक्रमण तत्काल बन्द गरियोस्।’

साथै आदिवासी किराँती, लिम्बु, कोच, धिमाल लगायत समुदायको ऐतिहासिक एवं सांस्कृतिक रूपमा रहेको खुवालुङ, मुक्कुम्लुङ, किचक्बध लगायतका स्थलहरूको अतिक्रमण गर्ने कार्य बन्द गरी संरक्षण तथा संवर्द्धन गरियोस् । 

धिमाल, मेचे, सन्थाल, उराउ  झाँगड), भोटे, लेप्चा लगायत सीमान्तकृत तथा अल्पसङ्ख्यक जातीहरूको लागि २०७२ को नयाँ संविधानले व्यवस्था गरे अनुसार विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित स्वायत्त क्षेत्र कायम गरियोस् ।

महाधिवेशनले ‘कोशी’ प्रदेश नाम खारेजी र पूनःनामांकनको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । तर कोशी नाम खारेजी पछिको वैकल्पिक नामाङ्कनमा माओवादीको किरात र लिम्बुवान मोर्चाले फरक नाम घोषित रूपमा अघि ल्याएका छन् । 

दुवै मोर्चाले संयुक्त रूपमा १ नम्बर प्रदेशको नाम ‘किराँत लिम्बुवान कोचिला’ छोटकरीमा ‘किलिको’ प्रदेश नामाकरण गर्ने घोषणा गरेको छ । 

संयुक्त मोर्चाले जनादेश र जनभावना विपरीत प्रदेशसभाबाट राखिएको कोशी नाम खारेज गरी प्रदेशको प्रदेशको पुनः नामाङ्कन गर्दा ऐतिहासिक सभ्यता र पहिचानका आधारमा किरात–लिम्बुवान–कोचिला प्रदेश, प्रदेशको नाम राख्नुपर्ने माग गरेको हो । 

घोषणापत्रमा पहिचान र संघियताका पक्षधर दल र दलका सांसदहरूलाई प्रदेश सभामा प्रदेशको नाम संशोधनका लागि तत्काल संशोधन प्रस्ताव दर्ता गर्न आग्रह गरेको छ ।

प्रदेशमा भाषा आयोगले सरकारी कामकाजको भाषाको रूपमा सिफारिस गरेका भाषाहरूलाई तत्काल सरकारी कामकाजमा कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।

आदिवासी किराँती, लिम्बु, कोच, धिमाल लगायत समुदायको ऐतिहासिक एवं सांस्कृतिक रूपमा रहेको खुवालुङ, मुक्कुम्लुङ, किचक्बध लगायतका स्थलहरूको अतिक्रमण गर्ने कार्य बन्द गरी संरक्षण तथा संवर्द्धन गर्नुपर्ने माग गरिएको छ । 

सप्तकोशी उच्च बाँध परियोजनाले किराँती समुदायको ऐतिहासिक तथा सांस्कृतिक स्थल खुवालुङ पुरै विस्थापित गर्ने भएकोले उक्त परियोजनाको घोर विरोध र भर्त्सना गरेको छ । 

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३