Uncategorized

पेसागत महासंघ नेपालद्वारा कोशी प्रदेश परिषद बैठक र प्रशिक्षण

पेसागत महासंघ नेपालको प्रदेश परिषद बैठक एबम प्रशिक्षण कार्यक्रम समपन्न गरेको छ । कार्यक्रममा कोशी प्रदेशका पुर्ब मुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यता तथा महासंघ अध्यक्ष लेखनाथ भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो ।

शनिबार पेशागत महासंघ नेपाल कोसी समितिको आयोजनामा सुनसरीको इटहरी स्थित होटेल त्रीयुगाको सभहलमा उक्त कार्यक्रम सम्पन्न गरेको हो।

उक्त कार्यक्रममा पेशागत महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष तथा प्रगतिशील नेपाल रास्ट्रीय शिक्षक संगठनका केन्द्रिय अध्यक्ष हिक्मत बस्नेतले नेपालको शिक्षक आन्दोलन र पेशागत हित बिषयक तथा महासचिव राजन रेग्मि र एकीकृत सरकारी कर्मचारी संगठनका केन्द्रिय महासचिव प्रकाश राईले पेशागत महासंघ र निजामति सेबा ऐनको बारेमा प्रशिक्षण दिएका थिए ।

बैठकमा पेसागतमहासंघ कोशी प्रदेश समितिको दोस्रो परिषदमा अध्यक्षद्वारा प्रतिवेदन समेत प्रस्तुत गरीएको थियो । बि.स.२००३ सालको विराटनगर जुटमिलबाट सुरू भएको श्रमिक आन्दोलन र ट्रेडयुनियनको यात्रा २००७ साल र २०४६ का परिवर्तनको सशक्त जुझारू शक्तिको रूपमा विकसित भए पनि सुव्यवस्थित रूपमा सङ्गठित हुन नसकेको बताउदै नेपालमा प्रजातन्त्रको पुनर्स्थापना पश्चात औपचारिक र अनौपचारिक क्षेत्रमा छरिएर रहेका श्रमजीवीहरूको छाता सङ्गठन विकसित समेत हुन नसकेको र यसरी छरिएका श्रमिक सङ्गठनलाई एकीकृत रूपमा व्यवस्थित गर्न र सामाजिक सौदाबाजी गर्न संयुक्त ट्रेड युनियनको खाँचो पूरा गर्ने क्रममा पेसागतमहासंघको स्थापना ०४८/४९ सालमा सरकारले गरेको निजामती, शिक्षक र संस्थानका कर्मचारीका मागमाथि गरेको दमन प्रस्चात अत्यावस्यक महसुस गरिएको बताएका थिए ।

अध्यक्षले आफ्नो प्रतिबेदनमा बि.स.२०५० माघमा पेसागत क्षेत्रका क्रियाशील सङ्गठन बीच संयुक्त रुपमा बसेर अवधारणा, उद्देस्य र घोषणापत्रका बारेमा छलफल भएको थियो भने २०५१ चैत्र ४ मा १० पेसागत सङ्गठनको भेला सम्पन्न भयो र २०५२ जेठ ०६ पेसागत ऐक्यवद्धता २०५३ जेठ ४ र ५ प्रथम अधिवेशन बाट यो सङ्गठन पेसागत महासंघ नेपाल नामाङ्कन भएर ट्रेड युनियन आन्दोलनको बाहक सङ्गठनका रूपमा स्थापित भई निरन्तर क्रियाशिल रहेको र यो सङ्गठनले ट्रेड युनियन ऐन २०४९ ट्रेड युनियन महासंघ गठन गर्न सकिने प्रावधान अनुरुप पेसागत महासंघ मार्फत यस क्षेत्रमा कृयासिल विभिन्न घटकहरूलाई नेतृत्व प्रदान गरिरहेको जनाएको छ । यी सङ्गठन अन्तर्राष्ट्रिय समाजवादी ट्रेडयुनियन को प्रतिनिधि सङ्गठनविश्व ट्रेड युनियन महासंघ (WFTU) मा पनि सामेल भई महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहनुका साथै पेसाकर्मीहरूको सेवा, सुरक्षा, समान अवसर, समृध्द जीवन र सुनिचित भविष्यका लागि समाजवादको स्थापना गर्न विद्यमान चुनौति सामना गर्न पेसागत महासंघ अनिवार्य र अपरिहार्य बनेको बताएका थिए ।

नेपालको संविधान २०७२ मा भएको व्यवस्था अनुसार सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचना बमोजिम प्रदेश स्तरीय संरचना बनेपछि नेपालको पूर्वका १४ जिल्ला र १३७ स्थानीय तह समेटेर १ नं प्रदेश हुदै कोशि प्रदेश स्थापना भयो भने २०७९ फागुन १७ गतेदेखि यसको कोशी प्रदेश नामाङ्कन भएको जनाएको छ । प्रदेश स्थापना भए पछि पेसागतमहासघंले पनि छैठौ महाधिवेशनबाट विधानत प्रदेशको संरचनामा महासंघको प्रदेस अधिवेसन र प्रदेशको कार्यकारी समिति निर्माण गर्ने प्रावधानको प्रबन्ध गरेको हो। त्यस बमोजिम २०७३ साल चैत्र २६ गते शनिवारका दिन इटहरी नगरपालिकाको सभाकक्षमा प्रथम प्रदेश अधिवेशन सम्पन्न भएको थियो । उक्त अधिवेशनबाट चयन भएका अध्यन, उपाध्यक्ष र महासचिव ट्रेडयुनियन आन्दोलनबाट पलायन भएका भन्दै व्यक्ति पलायन हुँदैमा सङ्घर्ष रोकिनुहुन्न भन्ने मान्यतामा आधारित रहेर बि.स. २०७८ साल असोज २४ गते महासंघका तत्कालिन प्रदेश सचिव लेखनाथ भट्टराईको अध्यक्षतामा भएको पेसाकर्मीको प्रदेश भेलाले हिक्मत बस्नेतलाई संयोजक चयन गरी पेसागत आन्दोलनमा सकृय भूमिका निर्वाह गरेको छ। बि स २०७९ फागुन २३ गते इटहरीमा भएको दोस्रो प्रदेश अधिवेशनले चार बर्षको कार्यकालका लागि यस समितिको चयन गरी पेसाकर्मीहरुको हक र अधिकारको रक्षा गर्दै जनतामा गुणस्तरीय सेवा प्रवाह, सुशासन र श्रमको सम्मान सहित समाजबाद प्राप्तिका लागि एकीकृत यूनियन निर्माण गर्ने अभिभारा सफलतापूर्वक सम्पन्न गर्न जिम्मेवारी दिएको पनि अध्यक्षले जानकारी दिए ।

त्यस्तै संगठनका दोस्रो प्रदेश अधिवेशनले यस समितिको नियमित र पूर्ण बैठक प्रत्येक वर्षको वैशाख, भाद्र र पौष महिनामा गर्ने र प्रत्येक वैशाख महिना र मंसिर महिनामा प्रशिक्षण र प्रत्येक वर्ष प्रदेश परिषद समेत गर्ने कार्य योजना अनुरुप शनिवार यस प्रदेश समितिको पहिलो प्रदेश परिषद कार्यक्रममा समेत उपस्थित भए‌को जानकारी दिएका थिए । जसअनुसार दोस्रो प्रदेश अधिवेशनले यस समितिलाई जिम्मेवारी दिएको आजैको दिन २ वर्ष २ महिना पुगेको छ भने २०८० माघ २६ गते प्रथम प्रदेश परिषद बैठक सम्पन्न गरेको थियो। प्रथम वर्ष केही उल्लेखनीय कार्यहरु यस समितिले गरेता पनि बदलिदो आर्थिक, सामाजिक, राजनैतिक परिवेश र व्यक्तिगत वैचारिक ढुलमुलताका कारण यस वर्ष खासै उल्लेखनीय कार्य हुन नसकेता पनि यस समितिले निम्नानुसार कार्य गरेको र समितिका सदस्यहरु सहभागी भएको पनि जानकारी दिए ।

समितिका महासचिव मुकुन्द दाहाल र राष्ट्रिय समिति सदस्य मदन खतिवडाले इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका पेसागतमहासंघ नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुसंग भेटघाट तथा सांगठानिक गतिबिधिको बारेमा छलफल गरेको पनि बताए ।

छुटाउनुभयो कि ?

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा
Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा