धरान विशेष

धरानमा पहिलो पटक रोजगार मेलाको आयोजना


धरान: धरानमा पहिलो पटक रोजगार मेला २०८२ को आयोजना हुने भएको छ । आयोजक धरान उपमहानगरपालिकाले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी मेला आगामी वैसाख ११ र १२ गते आयोजना गर्ने जनाएको हो ।
पहिलो पटक त्यसमा पनि स्थानीय सरकारले नै आयोजना गरेको सो मेलाको उद्देश्य र रोजगार सम्बन्धि जानकारी तथा सूचना र सम्भावित रोजगारदाता संग प्रत्यक्ष भेट रहेको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले जानकारी दिनुभयो ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा आयोजना हुन लागेको दुई दिने मेलाको “समृद्ध नेपाल सुखी नेपाली“ भन्ने स्लोगन राखिएको छ । नेपाल सरकारले ५ लाख युवालाई रोजगारी उपलब्ध गराउने लक्ष्य लिए अनुरुप यसमा केही सहयोग पुग्ने अपेक्षा मेलाबाट लिइएको छ । युवा जनशक्तिलाई स्थानीय उद्योग व्यवसाय, पर्यटन, होटल व्यवसाय, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा रोजगार उपलब्ध गराउन सहयोग पुर्‍याउने हेतुले धरान उपमहानगरपालिकामा “धरान रोजगार मेला २०८२” को आयोजना हुन लागेको मेयर राईले जानकारी दिनुभयो ।


पब्लिक हाइस्कुलको खेल मैदानमा आयोजना हुन लागेको सो मेलाले विद्यार्थी तथा युवाहरुलाई वृत्ति परामर्शको सेवा प्रदान गर्ने तथा रोजगारको खोजीमा रहेका युवा जनशक्ति र रोजगारदातालाई एकै स्थानमा ल्याई आ–आफ्नो आवश्यकता अनुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पुर्‍याउने अपेक्षा आयोजकले जनाएको छ । आयोजक धरान उपमहानगरपालिकाका अनुसार मेलामा प्राविधिक, प्रशासनिक क्षेत्रका व्यक्तिका साथै श्रमिक वर्गको समेत सहभागिता रहने छ । मेलामा उद्योग व्यवसाय, तालिम प्रदायक संस्था लगायत अन्य क्षेत्रका रोजगारदाता लगायत उद्योग वाणिज्य संघको समेत सहभागिता रहनेछ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।