अर्थ/ पर्यटन

श्रमिक महिला दिवसमा ‘मार्केट मार्च’ को आयोजना


धरान: अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सार्थकतालाई उजागर गर्न विगत ४ बर्ष निरन्तर आयोजना हुदै आएको ‘मार्केट मार्च’ यस बर्ष पनि आयोजना गरिएको छ । महिलाहरुले उत्पादन गरेका घरेलु सामाग्रीको प्रवद्र्धन गर्ने सोचले झुनास फिट्नेस एण्ड वेलनेशका सञ्चालक तथा फिटनेश प्रशिक्षक झुना राईले सञ्चालन गर्दै आउनु भएको मार्केट मार्चमा यस पटक पनि महिलाहरुको घरेलु उत्पादनमा बढी स्थान दिएको छ ।
८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । महिला अधिकार, महिला शशक्तिकरण र लैङ्गिक समानतालाई जोड दिँदै मनाउन शुरु गरिएको यो दिवस पछिल्लो समय भाषणमा मात्र सीमित हुदै गएको गएको छ । तर चार बर्ष अगाडि राईले महिला आत्मनिर्भर बन्न सकेको खण्डमा, उनीहरुले उत्पादन गरेको सामाग्रीको प्रवद्र्धन गर्न सकेको खण्डमा दिवसले सार्थकता पाउने भएकोले प्रत्येक बर्ष दुई दिने मार्केट मार्चको शुरुवात गरेको उहाँ बताउनुहुन्छ । यस बर्ष पनि ११५ औ श्रमिक महिला दिवसको अवसरमा फागुन २३ र २४ गते मार्केट मार्चको आयोजना गरिएको हो ।
उहाँले यहाँ राखिएका स्टहरुमध्ये महिलाहरुले उत्पादन गरेका तथा महिलाहरुद्वारा सञ्चालित व्यवसायिक फर्मका ९९ प्रतिशत सामाग्री राखिएको जानकारी दिनुभयो । पहिलो बर्षमा १५ वटा मात्र स्थल रहेको मार्केट मार्चमा उद्यमीको रुची बढ्दै जाँदा ४० वटा स्टलहरुसम्म पुगेको उहाँ बताउनुहुन्छ । यो बर्ष भने ३२ वटा स्टलमात्र रहेको उहाँ बताउनुहुन्छ ।
यहाँ मनिता घिमिरेले उत्पादन गरेको प्राकृतिक सावुन उद्योगका सावुनहरु, विद्यार्थी राजनीतिमा संलग्न रहे र पनि महिला व्यवसायी बन्दै आउनु भएकी संगीता राइको फेरिका, दुर्गा नेपालले संकलन गरेर विक्री गर्दै आउनु भएको रैथाने स्टोरका आर्गनिक खाद्य पदार्थदेखि लिएर प्रविधिको भरपुर सहयोग गरेर सजावटका समाग्री निर्माण गर्ने चासुम राई र स्मृति गुरुङ जस्ता युवा उद्यमीहरुको स्टलहरु रहेका छन् । शुरुवातदेखि स्टल राखेर अनुभव बटुलिसकेका र पहिलो पटक स्टल राखेर पहिलो अनुभवको महसुस गरेका महिला उद्यमी तथा व्यवसायीहरु यो मार्केट मार्चको आयोजनाबाट उत्साहित देखिन्थे ।
सञ्चालक राईले कोरोना संक्रमणका समयमा भएको लकडाउनका कारण आर्थिक मन्दीको असर सबैलाई पुर्‍याएको त्यसमा पनि महिलाहरु बढी यसको मारमा परेको महसुस गरी आफ्नै फिटनेश एण्ड वेलनेशको प्रांगरणमा यो मार्केट मार्च शुरुवात गर्नुभएको थियो । सरकारी स्तरबाट कुनै सहयोग नभए पनि आफ्नै बलबुतामा सञ्चालन गर्नुभएको यस्तो प्रकारको मेलाले महिलाहरुको उत्पादन तथा व्यवसायलाई प्रवद्र्धन गर्न सहयोग पुगेको नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य एवम फेरिकाकी सञ्चालक संगीता राई बताउनुहुन्छ ।
हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन रहेको हो । सरकारले कागजी रुपमा र नेताहरुले भाषण गरेरमात्र यो दिवसले सार्थकता नपाउने भएकोले महिलाहरुले सञ्चालन गरेको घरेलु उत्पादन तथा व्यवसायको पवद्र्धन गर्दै आत्मनिर्भर बनाउने राइको प्रयासलाई स्टल सञ्चालन गर्ने महिलाहरुले सकारात्मक रुपमा लिएका छन् । सरकारी स्तरबाट पनि यस्ता खालका कार्यक्रम अगाडि बढाउन आवश्यक छ । यस्ता खालका कार्यक्रमले मात्रै दिवसले सार्थकता पाउनेमा दुई मत छैन ।

छुटाउनुभयो कि ?

अर्थ/ पर्यटन

धनकुटाको फलामेटारमा देव फिस फार्मस्टे सञ्चालनमा

पारिवारिक वातावतरण दृश्यावलोकन गर्दै स्वादिष्ट खाना सगै फिसिङ र क्यापिङको व्यवस्था धरान: धनकुटाको साँगुरीगढीमा नयाँ होटल सञ्चालनमा आएको छ ।
अर्थ/ पर्यटन

भेडेटारमा स्काई वाक, मुख्यमन्त्रीबाट उद्वाटन

धनकुटाको पर्यटनको क्षेत्रमा नयाँ आकर्षण बनेको सिसाको ‘स्काई वाक’ आज शुक्रवार देखी कोशी प्रदेशको भेडेटारमा विधिवत् पर्यटकहरूका लागि खुला गरिएको