स्वास्थ्य/जिवनशैली

भिडियो एक्स-रे प्रदान गर्ने व्यक्ति, उद्घाटन गर्ने नगरपालिका

धरान: नगर अस्पतालको अवधारणा अनुरुप धरान १ छाताचौकको पुरानो अस्पतालको प्रसुती गृहमा भर्खरैमात्र ग्रामीण भिडियो एक्स-रे सञ्चालनमा आएको छ । एक्स-रेको आज उद्घाटन समेत भएको छ । उपचारमा आएका गर्भवती महिलाहरुले विगतमा भिडियो एक्स-रे नहुदा समस्या भागेका थिए । तर अब यही अस्पतालबाट सञ्चालन भएपछि भने सहज भएको छ ।
धरानकै पुरानो अस्पताल जहाँ धरान उपमहनगरपालिकाले नगर अस्पताल सञ्चालन गर्ने योजना अगाडि बढाएको धेरै बर्ष भयो । अस्पतालले चर्चेको जग्गामा बनेका भवन समेत जीर्ण छन् । अहिले यहाँ प्रस्तुति गृहको रुपमा सञ्चालन गरिएको छ । तर गृहमा उपचारमा आएका महिलाहरुका लागि एउटा भिडियो एक्स-रे सम्म थिएन । जसले गर्दा भिडियो एक्स-रेका लागि अन्यत्र जानु पर्ने अवस्था थियो । अब भने त्यो समस्या हँटेर गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका पूर्व प्रमुख डा. श्रीराम शाहले आफ्नै लगानीमा सो भिडियो एक्स-रे खरिद गरिदिनु भएको हो । यसको उद्घाटन भने धरान उपमहानगरपालिकाको उपमेयर आइन्द्रविक्रम बेघाले गर्नुभयो ।
१२ लाख पर्ने सो एक्स-रे मेसिन सञ्चालन पछि सहज हुने कार्यरत कर्मचारीहरु बताउछन् । अहिले भिडियो एक्स-रे एक जना प्राविधिक दक्ष प्राविधिक समेत राखिएको छ । त्यही रहेका अनमीलाई २१ दिने तालिम दिएपश्चात अहिले अनमी समिता राईले सो भिडियो एक्स-रे सञ्चालन गर्दै आउनु भएको छ ।

उद्घाटन कार्यक्रममा उपप्रमुख बेघाले गर्भको जाँच गर्न पैसा तिर्न नसक्नेहरू सम्म आज सुरु भएको निःशुल्क सेवाको सन्देश पुर्‍याउनु पर्नेमा जोड दिए । उनले भने ‘ग्रामीण भिडिओ एक्स-रे सेवाको उद्देश्य पहुँच नपुगेका ग्रामीण क्षेत्रका गर्भवतीहरूको सेवा भएकोले यसलाई गाउँ गाउँ सम्म पुर्‍याउनु पर्दछ ।’

धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले भिडिओ एक्सरे सेवा ग्रामीण क्षेत्र सम्म पुर्‍याउन धरानका दुर्गम वडालाई प्राथमिकतामा राखेर सबै वडामा घुम्ती शिविर सञ्चालन गर्न कार्यक्रम तर्जुमा गरिने बताए ।

उपमहानगरपालिकाद्वारा सञ्चालित प्रसूति गृहमा प्रसूति गराउनेहरूलाई सरकारी कार्यक्रम अनुसार आमा र बच्चालाई पौष्टिक आहारका लागि नगद भत्ता दिने व्यवस्था पनि छ । तथापि गृहमा प्रसूति गराउन आउने आमाहरूको सङ्ख्या भने न्यून छ ।

धरान स्वास्थ्य चौकीका प्रमुख लक्ष्मी बुढाथोकीले विगतमा एक्स-रे मेसिन नहुदा समस्या भए पनि अब भने सहज हुने बताउनुभयो । उहाँले महिलाले गर्भवती महिलालाई लक्षित गरी ग्रामीण क्षेत्रलाई लक्षित गरी निर्माण गरिएको सो भिडियो एक्स-रे ग्रामीण क्षेत्रमा सफलता पाएसँगै अहिले यहाँ सञ्चालनमा ल्याइएको बताउनुभयो ।
त्यही कार्यरत अनमीलाई २१ दिने तालिम दिएर सो एक्सरे मेसिन सञ्चालनमा ल्याइएको हो । कार्यरत अनमी समिता राईले यो एक्स-रे मेसिनबाट गर्भवती आमाको तथा बच्चाको अवस्था चेकजाँच गर्दै आउनु भएको छ । पहिलो तीन महिना, दोस्रो तीन महिना र तेस्रो तीन महिना गरी नौ महिनासम्म भेडियो एक्स-रे गराउँदा गर्भवती महिलाको स्वास्थ्य अवस्था बुझ्न सहज हुने अनमी राईले जानकारी दिनुभयो ।
धरान अस्पतालभित्र सञ्चालन भएको प्रस्तुति गृह अव्यवस्थित रहेको, प्राविधिक कठिनाई भएको महसुस गरी आफूले व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि यो भिडियो एक्स-रे मेसिन सहयोग गरेको जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका पूर्व प्रमुख श्रीराम साह बताउनुहुन्छ । महिलाहरुलाई यो अस्पतालको सेवाप्रति आकर्षित गर्न निःशुल्क रुपमा भिडियो एक्सरे प्रदान गर्ने उद्धेश्यले प्रदान गरेको उहाँले जानकारी दिनुभयो । उहाले स्वास्थ्यसम्बन्धी जनजेतना फैल्याउदै सहज उपचारका लागि सहयोग पुगोस् भन्ने अभिप्रायले यो भिडियो एक्सरे प्रदान गरिएको बताउनुभयो ।
पुरानो अस्पतालमा रहेको जग्गाको सदुपयोग गर्दै सुविधा सम्पन्न भौतिक संरचना निर्माण गरी एकसय बेडको अस्पताल सञ्चालन गर्ने योजना अगाडि बढाएर भौतिक संरचना बनाउन शुरु गरे पनि अहिले बनाइएको भौतिक संरचनाभित्र गाँस पलाएको छ, इँटाहरु मक्किन थालेका छन् । सुविधा सम्पन्न अस्पताल बनाउने धरान उपमहानगरपालिकाले यो योजना अगाडि बढाए पनि एउटा भिडियो एक्स-रे समेत सहयोगको भरमा सञ्चालन गर्नुपर्ने बाध्यता छ । उक्त कार्यक्रम धरान १ नंं वडाका अध्यक्ष यज्ञमणि आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो।

भिडियो पनि हेर्नुस:

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका