शिक्षा

ग्रेस इन्टरनेशनलको १९ औ शाखा धरानमा


धरानमा शुक्रबारबाट अर्को शैक्षिक परामर्श केन्द्र सञ्चालनमा आएको छ । वैदेशिक रोजगारीका लागि भाषासम्बन्धी परामर्श दिने शैक्षिक परामर्शदाताको रुपमा ग्रेस इन्टरनेशनल प्रा.लि.को १९ औं शाखा धरानमा सञ्चालन भएको हो ।
धरान – ३ सदन रोडमा १९ औ शाखाको रुपमा सञ्चालन भएको ग्रेस इन्टरनेशल प्रालिको उद्घाटन क्रिकेट खेलका राष्ट्रिय खेलाडी एवम कम्पनीका ब्राण्ड एम्बेसडर दिपेन्द्रसिंह ऐरले गर्नुभएको हो ।
सञ्चालन आएसँगै अब अस्ट्रेलिया, युके, क्यानडा, अमेरिका, न्युजिल्यान्ड, कोरिया, जापान र दुबईमा जान चाहनेहरुले धरानबाटै भाषा कक्षा लिन पाउने भएका छन् ।
४० भन्दा देशहरुमा कार्यालय रहेको सो प्रा.लि.ले अब धरानबाटै भाषा कक्षा तथा परामर्श प्रदान गरिने ग्रेसका धरान शाखा अध्यक्ष विशाल राईले जानकारी दिनुभयो ।
उहाँले ग्रेसले भाषा प्रशिक्षणसँगै परामर्श र विदैशिक यात्राका लागि सहजीकरण गरिदिने बताउनुभयो ।

भिडियो पनि हेर्नुस:

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई