खेलकुद

धरान फिटनेस क्लबद्वारा आयोजित बेंचप्रेस च्याम्पियनसिप सम्पन्न

धरान फिटनेस क्लबद्वारा आयोजित बेंचप्रेस च्याम्पियनसिप सम्पन्न, कोपिला, सोभा, सागर र विष्णु ओभरअल विजेता

धरान फिटनेस क्लबको आयोजनामा सम्पन्न पहिलो मेन्स एण्ड वुमेन्स स्ट्रेन्थ एण्ड इन्कलाइन बेंचप्रेस च्याम्पियनसिप २०८१ मा ओभरअल विजेताको उपाधि महिलातर्फ कोपिला गिरि र सोभा तामाङ तथा पुरुषतर्फ सागर टन्डन र विष्णु लामा ले जितेका छन्।

स्ट्रेन्थ लिफ्टिङतर्फ महिलामा कोपिला गिरिले १५० केजी र पुरुषतर्फ सागर टन्डनले ३९० केजी तौल उचालेर उपाधि जिते। जुनियर समूहका सागरले उच्च प्रदर्शन गरेका थिए।

इन्कलाइन बेंचप्रेसतर्फ महिलामा सोभा तामाङले १०२ केजी र पुरुषतर्फ सिनियर समूहका विष्णु लामाले २०९ केजी तौल उठाएर उपाधि चुमे।

ओभरअल विजेता बनेका चारै जनाले नगद रु. ५,०००, मेडल र प्रमाणपत्र प्राप्त गरे।

उनीहरूलाई बडिबिल्डिङ संघका केन्द्रीय सदस्य विक्रम लिम्बु, कोशी प्रदेश बडिबिल्डिङ संघका अध्यक्ष केशव श्रेष्ठ, लायन्स लिडर धीरज गुरुङ, लायन्स रेखा गुरुङ, बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई, तथा धरान फिटनेस क्लबका संचालकद्वय कविरभगत प्रधानाङ्ग र कृति श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे।

तौल समूहका विजेता तथा उपविजेता ५४ खेलाडीलाई धरान फिटनेस क्लबले ३ महिना, २ महिना र १ महिना निःशुल्क छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ।

दिवंगत राजभगत प्रधानाङ्गको स्मृतिमा आयोजना

धरान ७ स्थित धरान फिटनेस क्लबका संस्थापक तथा पूर्व अन्तर्राष्ट्रिय निर्णायक दिवंगत राजभगत प्रधानाङ्गको स्मृति तथा सम्मानमा प्रतियोगिता आयोजना गरिएको हो। क्लबका खेलाडीहरूका लागि मात्र सीमित प्रतियोगितामा ६७ जना खेलाडीको सहभागिता थियो।

प्रतियोगिता फागुन १६ देखि १८ गतेसम्म धरान फिटनेस क्लबको हलमा सम्पन्न भएको थियो।

उमेर समूहअनुसार जुनियर (१५-२५ वर्ष), सिनियर (२५-४० वर्ष), मास्टर वान (४०-५० वर्ष) र मास्टर टु (५०-६० वर्ष) समूहमा विभाजन गरिएको थियो।

दिवंगत राजभगत प्रधानाङ्ग धरान फिटनेस क्लबका संचालक कविरभगत प्रधानाङ्गका पिता हुन्।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक