
धरान: पछिल्लो समय नेपाली विद्यार्थीहरु विदेश पढ्न जाने लहरै चलेको छ । खासगरी +२ सकेपछि विद्यार्थीहरुको अन्तिम चाहना विदेश गएर पढ्ने र अभिभावकहरुले पनि आफ्ना नानीहरुलाई विदेशै पढाउने होडबाजी चलेको छ ।
नेपाली विद्यार्थीहरुको चाहना अनुरुप विदेश जानेहरुका लागि परामर्श केन्द्रहरु समेत धेरै खुलेका छन् । यस बीचमा धरानमा १९ औ शाखाको रुपमा ग्रेस इन्टरनेशनल नेपालको शाखा धरानमा सञ्चालन हुने भएको छ ।
धरान – ३ सदनरोडमा कार्यालय रहने सो परामर्श केन्द्र १७ गते शुक्रबारबाट सञ्चालन हुनै मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ ।
ग्रेश इन्टरनेशनल शाखा धरानका अध्यक्ष विशाल श्रेष्ठले ग्रेसको १९ औ शाखा शुक्रबारबाट धरानमा सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार ग्रेसको ४० राष्ट्र भन्दा बढी देशहरुमा परामर्श केन्द्र रहेका छन् । अस्ट्रेलिया, केन्या, पाकिस्तान, बगलादेश न्युजिल्यान्ड दुबई इन्डोनेशिया,भारतमा शाखा रहेका अध्यक्ष राईले जानकारी दिनुभयो ।
ग्रेश शाखाको उद्घाटन धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रविक्रम बेघा र संस्थाका ब्राण्ड एम्बेसेडर नेपालका राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरीले संयुक्त रुपमा उद्वाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष राईले जानकारी दिनुभयो ।
दुई दशकदेखि विदेश अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई ग्रेशले अस्ट्रेलिया, युके, क्यानडा, अमेरिका, न्युजिल्यान्ड ,कोरिया जापान दुबईका भाषा कक्षाको सुविधा उपलब्ध गराइने जानकारी दिनुभयो