महिला/बालबालिका

महिला सञ्जाल धरानको नवनिर्मित भवन उद्घाटन

धरान: नवनिर्मित महिला सञ्जालको भवन आज एक समारोह बिच कोशी प्रदेश सभा सदस्य यशोदा कायस्थले उद्घाटन गर्नु भएको छ ।

धरान – १३ मा निर्मित सञ्जालको भवन कुल ४५ लाख रुपैयाँको लागतमा निर्माण भएको हो । भवनको लागि धरान–१३ वडा कार्यालयले प्रदान गरेको जग्गामा भवन निर्माणको लागि सहरी विकास भवन निर्माण मन्त्रालय कोशी प्रदेशले २३ लाख २२ हजार २८५ प्रदान गरेको छ ।

साथै धरान-१२ वडाबाट ४ लाख ६८ हजार ३७६, धरान-१३ वडाबाट ३ लाख ७९ हजार, धरान-१५ वडाबाट ९० हजार ३०७, धरान-१८ वडाबाट ८३ हजार प्रदान गरिएको छ ।

भवन निर्माणका लागि कायस्थ गोपाल प्रसाद, सरला कायस्थ प्रतिष्ठानबाट ५१ हजार सहित दाताहरूको सहयोगमा महिला सञ्जालको भवन निर्माण भएको हो ।

भवनको निर्माण सञ्जाल अध्यक्षद्वय चेतना श्रेङ र सपना राईको संयोजनमा उनीहरूको कार्यकालमा भएको हो ।

उद्घाटनको अवसरमा सञ्जालको नव निर्वाचित अध्यक्ष साबित्री इङवारम तथा उनको १३ सदस्यीय कार्यसमितिको पदस्थापन गरिएको छ ।

समारोहमा निवर्तमान धरान उपमहानगरपालिका प्रमुख तिलक राई, निवर्तमान उपप्रमुख मञ्जु भण्डारी धरान-१३ का वडाध्यक्ष नेत्र काफ्ले, धरान-१५ वडाध्यक्ष नरेश ईवरामले शुभकामना प्रकट गरेका थिए ।

कार्यक्रममा काँग्रेस धरान नगर सभापति  सभापति श्याम पोख्रेल, नेकपा एमाले धरान अध्यक्ष हर्क जङ एभेङ, नेकपा माओवादी धरान अध्यक्ष उद्धव लिम्बू लगायत महिला समूहहरूको उपस्थिति थियो ।

छुटाउनुभयो कि ?

आर्थिक महिला/बालबालिका

विलिभर्स स्कुलले अभिभावकलाई सिकायो अचार बनाउने सीप

धरानः धरान–५ स्थित डिपी विलिभर्स स्कुलका अभिभावकहरूको लागि एकदिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।स्कुलका प्राचार्य
महिला/बालबालिका

देउसी भैलोको रकमबाट बिद्मार्थीलाई शैक्षिक सामाग्री वितरण

धरान- १५ नमुना श्रुर्तीमार्ग टोलमा रहेको गृह श्रमिक महिला ढाका लघु उद्ममी समाज नेपालले देउसी भैलो बाट जम्मा भएको रकम