
धरान : ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण पक्षमा लागेका पदम चेन्जी माबोलाई आज धरानमा कालोमोसो दल्दै कुटपिट गरिएको छ।
ताप्लेजुङ घर भएका माबोलाई आज आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले धरान-९ स्थित सब्जी बजारमा रहेको एच के मेलोडी रेष्टुरेन्टमा कालोमोसो दलि कुटपिट गरिएको हो ।
पदम चेन्जी माबोले केबुलकारको पक्षमा सार्वजनिक रूपमा सामाजिक संजालमा समर्थन गरेको र केबुलकारको बिरोध गर्नेहरूलाई गाली गलौज गरेको भन्दै कालोमोसो दलिएको प्रत्यक्षदर्शी बिनोद बि.क. ले जानकारी दिएको छ।
मुक्कुमलुङ संरक्षण संघर्ष समितीका अगुवा अमर इजम, जेन्टल लावति, बिष्णु थाम्देन लगायतको टोलिले माबोलाई आज धरानमा कालोमोसो दलि कुटपिट गरेका हुन ।ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले केबलकार निर्माणको काम थालेपछि संघर्ष समितिले आन्दोलन सुरु गरेको हो।
कुटपिट गरि कालोमोसो दलिएको माबोले आफूलाई दुर्व्यवहार गर्नेलाई पक्राउ गरि कडा कारबाही गर्न माग गर्दै ईलाका प्रहरी कार्यलयमा जाहेरी दिएका छन। दोषीलाई पक्राउ गरि कार्वाही गर्ने धरान प्रहरीले जनाएको छ।
भिडियो पनि हेर्नुस: