राष्ट्रिय समाचार

नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा काफ्ले बिजयी

धरान: नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा प्रेस चौतारी र प्रेस युनियनका साझा उम्मेद्वार सन्तोष काफ्ले निर्वाचित हुनुभएको छ । सुनसरीको जम्मा २ सय १४ मतमा कुल १ सय ८१ मत खसेकोमा काफ्लेले ९४ मत ल्याएर विजयी हुनु भएको हो ।

उहाँको निकटम प्रतिद्वन्दी प्रेस युनियनबाट बागी उम्मेद्वार गणेश निरौला ७९ मत र स्वतन्त्र उम्मेद्वार शेखरनाथ जोगीले ५ मत प्राप्त गर्नुभएको निर्वाचन प्रमुख बरिष्ठ पत्रकार हर्ष सुब्बाले जानकारी दिनुभएको छ । त्यसैगरी उपाध्यक्षमा अर्जुन सुबेदीले १ सय १ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी गोविन्द बस्नेतले ७४ ल्याउनुभएको छ । महिला उपाध्यक्ष यसोदा सेनेले १ सय १० मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी मनिता चाम्लिङले ६२ मत प्राप्त गरेको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।

सचिव पदमा ९० मत सहित पर्शुराम बाह्रकोटी विजयी (विनय) हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्दी तिर्थ कार्कीले ८३ मत पाउनुभएको छ । सह-सचिव पदमा १ सय १४ मत सहित विकल रेग्मी विजयी हुनुभएको छ भने उहाँको प्रतिद्धन्दी महेश गुरगाईले ६१ मत प्राप्त गर्नुभएको छ । समावेशी सहसचिवमा ९१ मत सहित विरेन्द्र कुमार शाह विजयी हुनुभएको छ ।

यसैगरी कोषाध्यक्षमा १ सय १८ मत सहित विवेक रेग्मी विजयी हुनुभएको छ भने उहांको प्रतिद्वन्दी जमुना देवी श्रेष्ठले ५५ मत प्राप्त गर्नु भएको थियो। समावेशी मुस्लिम अल्पसंख्यकमा सहसचिवमा बिरेन्द्र कुमार शाह ९१ मत लिएर विजय हुनु भएको थियो। आदिवासी तर्फ बिजय कुमार राई र खुल्ला सदस्यहरुमा चन्द्र कला चौधरी, जिबन बिस्ट, रोहित कुलुङ राई, सुदिप पोखरेल, शिशिर भट्टराई, सबिता पोखरेल (ज्योति), हिरन्य कार्कि विजयी हुनुभएको छ ।

केन्द्रिय परिषद सदस्य खुल्लामा गोपाल दाहाल र बाबुराम सुबेदि विजयी हुनुभएको छ भने प्रदेश परिषद सदस्य खुल्लामा कमला कुमारी चौधरी, धिरेन्द्र कुमार चौधरी , नवराज विष्ट, पि एम मणि भट्टराई , रोमा रिजाल, सुनिल चौधरी, केन्द्रिय परिषद सदस्य समावेशी जनजाती नर बहादर लिम्बु (प्रदिप मेन्याङव) र फुल चन्द्र मेहता विजयी हुनुभएको छ ।

त्यसैगरी केन्द्रिय परिषद् सदस्य महिलामा शुभद्रा प्याकुरेल, जिल्ला सदस्यम महिलामा सिमा बस्नेत, दलितमा बिनोद बिस्वकर्मा, मधेसी सुरेन्द्र मेहता, समाबेशि मुस्लिम अल्पसंख्यक नसिम अन्सारी, प्रदेश परिषद सदस्य महिला कानुन कार्की र प्रदेश परिषद सदस्य (समावेशी) धन कुमार राई, विकास चाम्लिङ राई, विकी श्रेष्ठ , सोहन श्रेष्ठ , हिमाल राई र उपेन्द्र चाम्लिङ निर्विरोध हुनुभएको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।

छुटाउनुभयो कि ?

राष्ट्रिय समाचार

देशमा क्रमश आर्थिक–सामाजिक विकास हुँदैछः प्रधानमन्त्री ओली

धरान: प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक व्यवस्थामा भएको परिवर्तनपछि आर्थिक–सामाजिक क्षेत्रमा धेरै सुधार भएको बताउनुभएको छ । इटहरीमा सुरु
राष्ट्रिय समाचार

सुचना हकको नाममा खुल्ला छोड्दा सुचनाको दुरुपयोग बढयो: मुख्यमन्त्री कार्की

विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचनाको हकको नाममा अत्याधिक खुल्ला छोड्दा सूचनाको दुरुपयोग गर्ने क्रम बढेको बताउनुभएको छ। आज