धरान विशेष

अनलाइन मिडिया बिटिभी नेपालको धरानमा कार्यलय उद्वाटन

धरान: अनलाइन मिडिया बिटिभी नेपालले धरान-९ आचार्य लाइनमा कार्यालय संचालनमा ल्याएको छ। शनिवार पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले सो कार्यलयको उद्वाटन गर्नु भएको थियो।

बिटिभि नेपाल ब्रर्दश अनलाइन मिडिया हब प्रालीबाट सञ्चालन बिटिभी नेपालको कार्यलय प्रवेस र उद्वाटन कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार हर्ष सुब्बाले स्वरोजगार तथा साना लगानीका सञ्चार माध्यमले सञ्चार उपभोक्ता बजार तयार गरिदिने र त्यसको लाभ भने ठुला लगानीकर्ताको माध्यमले उठाउने गरेको बताउनु भयो ।

उहाँले २०४८ पछि ठुला लगानीकर्ताको ब्रोडसिटका अखबारले त्यसको सबै लाभ उठाएको र ‘मिडियामा लगानी राम्रो भएमा पत्रकारिताको धर्म, पेशा र व्यवसाय राम्ररी चल्न सक्छ ।’ स्वरोजगार, साना मिडियाले ठुला मिडियाको बजार निर्माण गर्ने पनि बताउनु भयो।

अग्रज पत्रकार, युवा नेता भीम राई ज्वालाले ‘धरानका मेयर हर्क साम्पाङले गरेको कमी कमजोरीमा टिका टिप्पणी गर्ने पत्रकारिता गर्न पाइँदैन तर उहाँको एकोहोरो प्रचार गर्ने लाई मात्र मिडिया हो भन्छन।’ धरानको मिडियामा पत्रकारिताको धर्म निर्वाह गर्ने प्रवृत्ति हराएको बताउनु भयो ।

नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले “मिडियाहरूमा निराशा छाउँदै गरेको अवस्थामा नयाँ मिडियाको रूपमा स्थापित बिटिभि नेपालले छोटो समयमा चर्चा परिचर्चा कमाउँदै गएको र ‘ बिटिभि नेपालले मिडियाको आचारसंहिताको पालना गर्दै समाजमा उत्कृष्ट मिडिया हाउसको रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नु भयो।

बिटिभि नेपालका सञ्चालक वीरेन्द्र थापाले बिटीभी नेपालले स्टुडियो राख्दै कार्यालयबाट पोडकाष्ट र अनलाइन, युट्युब सञ्चालन गर्ने जानकारी दिए । उनले समाजमा रहेका घटनालाई जस्ताको त्यस्तै र केही कसैले नदेखेका घटनालाई उजागर गर्ने बताए ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।