शिक्षा

पाँच बुदें माग राखेर महेन्द्र क्याम्पस धरानका ४ विद्मार्थी संगठनको भोक हड्ताल

धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानका स्वतन्त्र विद्मार्थी युनियन (स्वबियु) ले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनको विभिन्न शिर्षकमा देखाइएको खर्चको रकम साधारण, पारदर्शी र विश्वासिलो नभएको भन्दै पारदर्शी बनाउन माग सहित चार विद्मार्थी संगठनका अध्यक्षहरुद्वारा आमरण अनसन आज मंगलबार ४ बजेबाट सुरु गरेका छन।

महेन्द्र क्याम्पस धरान परिसरमा अनसन बस्दै ४ विधार्थी संगठनहरुले संयुक्त विज्ञप्ती जारी गर्दै विद्यार्थी संगठनहरुले विभिन्न कालखण्ड र समयमा विद्यार्थीहरुको हक अधिकार लगायत सामाजिक न्याय सुशासन र आर्थिक पारदर्शिताको विषयमा आवाज बुलन्द गर्दै आएको र महेन्द्र बहुमुखी क्याम्पस धरानमा स्वतन्त्र विद्यार्थी युनियनले पुस २३ देखि २५ गते सम्म भएको साधारण सभामा पेश गरेको आर्थिक प्रतिवेदनको विभिन्न शिर्षकमा देखाइएको खर्चको रकम साधारण, पारदर्शी र विश्वासिलो नभएको कारण विद्यार्थी संगठनहरुले पुस २ गते खर्चको बिल र बैंक स्टेटमेन्ट देखाउन माग गर्दै स्ववियु र क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएको र विद्यार्थी संगठनहरुले माघ २७ गते स्ववियुको बैँक स्टेटमेन्ट हेर्दा स्ववियुले धेरै जसो कारोबारहरु व्यक्तिगत प्रयोजनका लागि प्रयोग भएको भेटिएको विज्ञप्तीमा उल्लेख गरेको छ।
उक्त कारोबारको विषयमा विद्यार्थी संगठनहरुले प्रश्न गर्दा जिम्मेवार व्यक्तिहरुबाट थाहा नभएको भन्दै गैर जिम्मेवारीपुर्ण जवाफ आएपश्चात स्ववियुले नितिगत भ्रष्टचार गरेकै हो भन्ने निष्कर्षमा विद्यार्थी संगठनहरु पुगेको र यस्तो गतिविधिहरुको बिरुद्ध र आम विद्यार्थीहरुका अन्य मागहरु सहित चार विद्यार्थी संगठनका अध्यक्ष आजकै मितिबाट मागहरु पुरा नभएसम्मका लागि आमरण अनसन बसिरहने प्रेस विज्ञप्ति मार्फत क्याम्पस प्रशासन र स्ववियुलाई जानकारी गराएका छन।

चार विद्मार्थी संगठनहरुले स्ववियुले आर्थिक अनियमितता गरेको कारण तत्कालका लागि क्याम्पस प्रशासनले स्ववियुको खातामा रकम हस्तान्तरण नगर्न माग गरेको छ।
आर्थिक पारदर्शी र जवाफदेही नबनि स्ववियुले कुनै पनि गतिविधि गर्न पाउने छैन् । स्नातकोत्तर तहका विद्यार्थीहरुलाई निःशुल्क छात्रावृति प्रदान गर्न शुरु गर्नु पर्ने । छात्रावृतिको व्यवस्था गर्नुपर्ने । स्नातक तह अन्तर्गत शिक्षाशास्त्र संकायका विद्यार्थीहरुलाई पनि बिबिएस र बि ए सोसरह २०% छात्राबृत्तिको व्यवस्था गरिनु पर्ने। स्ववियुले आफ्नो कार्यकालमा प्रत्येक विद्यार्थीबाट लिइदै आएको स्ववियु शुल्कको रकम रु.१०० बाट बृद्धि गरी रु.५०० पुर्याएको थियो। अब उक्त शुल्क तत्काल घटाउनु पर्ने माग राखेका छन।

आमरन अनसनमा नेविसंघ महेन्द्र क्याम्पस सभापति विनोद आले मगर अनेरास्ववियु महेन्द्र क्याम्पस कमिटी का. अध्यक्ष सविन श्रेष्ठ, अखिल (क्रान्तिकारी) महेन्द्र क्याम्पस अध्यक्ष विपिन लिम्बु, समाजवादी विद्यार्थी महेन्द्र क्याम्पस अध्यक्ष सविरसिं यक्सो लिम्बु बसेका छन।

भिडियो पनि हेर्नुस:

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई