खेलकुद

चौथो यले दोङ बास्केटबलको उपाधि धरान मेघा र झुनाज फिटनेसलाई

किरात नयाँ वर्ष यले दोङ ५०८५ ( यलम्वर संवत ) को अवसरमा सोमवार आयोजित चौथो यले दोङ ओपन महिला पुरुष थ्री वाई थ्री बास्केटवलको उपधि महिला तर्फ धरान मेघा हिमालयन कलेज र पुरुष तर्फको उपाधि झुनाज फिटेनसले चुमेको छ ।
धरान २ न. वडा भानु चौकमा आयोजित प्रतियोगिताको महिला तर्फको फाइनल खेलमा धरान मेघाले रेड डेभिल्सलाई ८–७ अंकको अन्तरले पराजित गरे । धरान मेघा हिमालयन कलेजले जित संगै यले दोङ उपाधिमा ह्याट्रिक गरेका छन । यो उनको लगातार तेस्रो जित हो । धरान मेघाले उपाधि संगै नगद विस हजार, ट्रफि, मेडल, प्रमाणपत्र, धरान विजनेस एक्सपोको र फ्रेन्डस सिनेमाको फ्रि टिकट प्राप्त गरेका छन । उपविजेता रेड डेभिल्सले नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।  
यसैगरि पुरुष तर्फको फाइनल खेलमा झुनाज फिटनेसले यलम्वर बास्केटवल क्लवलाई १६–१२ अंकको अन्तरले पराजित गर्दै उपाधि चुमेका छन । उपाधि संगै झुनाज फिटनेसले नगद ३० हजार, ट्रफि, मेडल, प्रमाणपत्र र धरान विजनेस एक्सपो र फ्रेन्डस सिनेमाको फ्रि टिकट प्राप्त गरेका छन । उपविजेता यलम्वर क्लवले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयर एमभिपिको उपाधि महिला तर्फ धरान मेघा कलेजका सितल तामाङ र पुरुष तर्फ झुनाज फिटनेसका कविन मगर घोषित भए । उनिहरुले जनहि नगद २ हजार ५ सय, ट्रफि, प्रमाणपत्र र फ्रेन्स सिनेमाको फ्रि टिकेट प्राप्त गरे । उनिहरुलाई समापन कार्यक्रमका प्रमूख अतिथि धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम वेघा, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदि, किरात राई यायोक्खा केन्द्रिय उपाध्यक्ष दोर्पध्वज राई, सुनसरी अध्यक्ष राजेन्द्र राई, अग्रज पत्रकार एवं युवा नेता भिमज्वाला राई, धरान १८ न. वडाध्यक्ष नरेन्द्रकुमार राई प्रविण, जसपा नेपालका धरान कमिटि अध्यक्ष ताजुव लिम्वु, पुर्व महिला बास्केटवल खेलाडि झुना राई, ह्याप्पि नेपाल इम्प्लोमेन्टका एमडि दिपक दुमि लयायतले पुरस्कार वितरण गरेका थिए ।

किरातिहरुले माघ १ गते देखि यलम्वर संवतको रुपमा नयाँ वर्ष मान्दै आइरहेको छ । यहि नयाँ वर्षलाई भव्य रुपमा मनाउने क्रममा किरात राई यायोक्खा सुनसरीको सहकार्यमा धरान बास्केटवल संघको आयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा धरान भानुचौकको खुल्ला स्थानमा एक दिने बास्केटवल प्रतियोगिता आयोजना गरेका हुन । प्रतियोगिताको उद्धघाटन कोशि प्रदेश सरकार सामाजिक विकास मन्त्री पाचकर्ण राईले बास्केटवल रिङमा बास्केट गरेर साकेला नाच्दै गरेका थिए । उद्धघाटन कार्यक्रममा २ न. वडाध्यक्ष रमेश राई, समाजसेवि कृपा राई, नेकपा एमाले केन्द्रिय सदस्य मञ्जु भञ्डारी, इलाका प्रहरी कार्यलय प्रमुख डिएसपि प्रकास जवेगु, जिल्ला ट्रफिक प्रहरी कार्यलय सुनसरी प्रमूख विरेन्द्रसिंह थापा लगायतको उपस्थिति रहेको थियो । पुरुष २३ टिम र महिला ७ टिम सहभागि प्रतियोगितामा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग रहेको थियो ।
     

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक