खेलकुद

राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको आयव्यय सार्वजनिक


धरान: धरानमा सम्पन्न भएको राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको धरान व्याडमिन्टन क्लबले आयव्यय सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको आयव्यय नाफामा रहेको धरान ब्याडमिन्टन क्लवले जनाएको छ ।

आयोजक धरान क्लवले वुधवार धरानमा पत्रकार सम्मेलनगरी सो विषयमा जानकारी गराएको हो ।

आयोजकले दिएको जानकारी अनुसार प्रतियोगिताबाट आयोजकलाई १ लाख भन्दा वढी नाफा भएको छ ।

प्रतियोगितामा विभिन्न शीर्षकबाट २२ लाख ९५ हजार ७ सय ८२ रुपैयामा आम्दानी भएको छ भने २१ लाख १९ हजार ५०५ रुपैया खर्च भएको कोषाध्यक्ष कविता राईले आयव्याय प्रस्तुत गरेकी थिइन ।

कोषाध्यक्ष राईले प्रतियोगितामा १ लाख ७६ हजार २ सय ७८ रुपैया मौज्याद रहेको जानकारी दिइन् ।

कार्यक्रममा वोल्दै क्लवका उपाध्यक्ष तेज मेन्याङ्वोले प्रतियोगितालाई निरन्तरता दिदै जाने वताए ।

धरान खेलकुदको शहर उपनामले चिनिने गरेकोले पनि यहाँ आयोजना हुने खेलकुद प्रतियोगिताहरुले सफलता पाउने क्लवका अध्यक्ष टंक लिम्वुले वताए ।

आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिदै थप व्यवस्थित गर्दै लगिने लिम्वुको भनाई रहेको छ ।
कार्यक्रमको संचालन सहसचिव अर्जुन मेन्याङ्वोले संचालन गरेका दिए ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक