
धरानमा एक युवक माथी खुकुरी प्रहार भएको छ। इलाका प्रहरीका धरानका अनुसार बिहानको समयमा रितेश राई माथि धरानको सदन रोडमा खुकुरी प्रहार भएको हो ।
आज शनिवार बिहानै २ बजेर ४० मिनेटको समयमा रितेस राई माथी खुकुरी प्रहार भएको हो। खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राईलाई उपचारका लागि विराटनगर स्थित विराट नर्सिङ अस्पतालमा पुर्याइएको छ ।
इलाका प्रहरीका धरानका अनुसार बिहानको समयमा रितेश राई माथि धरानको सदन रोडमा खुकुरी प्रहार भएको हो । घाइते राईको अवस्था जटिल रहेकोले बिपी प्रतिष्ठानबाट विराट नर्सिङ लगिएको डिएसपी प्रकाश जवेगुले बताए ।
डिएसपी जवेगुले आक्रमण गर्नेको पहिचान भए पनि उनीहरूको तीव्र अनुसन्धान भई खोजीकार्य भइरहेको बताएका छन् ।
उनले भने ‘किन र कसरी खुकुरी प्रहार भयो भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।’ अनुसन्धानपछि वास्तविकता सार्वजनिक गरिने उनले बताए ।