स्वास्थ्य/जिवनशैली

मारवाडी सेवा समितिद्वारा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

धरान: अत्याधिक चीसो बढेसँगै अस्पतालहरुमा विरामीको संख्या बढ्न थालेको छ । यसैलाई मध्यनजर गरी विविध कारणले अस्पतालसम्म पुग्न नसकेका विरामीलाई निः शुल्क स्वास्थ्य शिविरसँगै रगतको अभाव परिपूर्ति गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

विगतदेखि नै समाजसेवामा समर्पित मारवाडी समुदायहरुको संस्था मारवाडी सेवा समिति धरानले बार्षिकोत्सवको अवसर पारेर निम्न आय स्रोत भएका तथा विविध कारणले अस्पतालसम्म पुग्न नसकेका सर्वसाधारणलाई लक्षित गरी शिविरमै सबै प्रकारका चेकजाँचसँगै रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
शिविरमा केएचडीकातर्फबाट प्रा.डा सञ्जिव शर्मा सहित ८ जना चिकित्सक, हाडजोर्नी विभागमा प्रा.डा विक्रम श्रेष्ठको टिम, आँखाका लागि डा. इच्छा सोनी जोशीको टिम, गाइनोमा डा. खुस्बु अग्रवालको टिमले चेकजाँचमा आउने सर्वसाधारणलाई चेकजाच गरेको र त्यो सँगै रक्तदानको कार्यक्रम राखिएको मारवाडी सेवा समितिका अध्यक्ष पितरुमल अग्रवालले जानकारी दिनुभयो ।

चीसोका कारण बृद्धबृद्धामा बढी फोक्सोको समस्या हुने भएकोले अस्पतालसम्म जान नसक्ने, नपाएका वृद्धाबृद्धालाई लक्षित गरी फोक्सोको चेकजाँचसँगै बृद्धाबृद्धा अवस्थामा हड्डी खिँइने समस्याबाट ग्रसितलाई निःशुल्क उपचार गराइएको निःशुल्क स्वास्थ सेवा कार्यक्रमका संयोजक रामस्वरुप शर्माले जानकारी दिनुभयो ।
उक्त निःशुल्क शिविरबाट सेवाग्राहीले धेरै फाइदा लिएका छन् । अस्पतालसम्म जान नसक्ने, जान नपाएकाहरुलाई लक्षित गरी आयोजना गरिएको सो शिविरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सकको टोली भएकोले यहाँ आउने विरामीले सबै प्रकारको उपचार सहज रुपमा पाउने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विभागका चिकित्सक प्रा.डा. विक्रम श्रेष्ठले जानकारी दिनुभयो ।

सो अवसरमा ५३ पिण्ट रगत संकलन भएको थियो भने ४ सय २६ जनाले निःशुल्क स्वास्थ्य सेवा पाएका थिए ।
पछिल्लो समय यस्ता संघ संस्थाहरुले आफ्नो बार्षिकोत्सवको अवसरमा स्वास्थ्यमा केन्द्रित रहेर निःशुल्क शिविरहरु आयोजना गर्ने गरेका छन् । विशेषज्ञ चिकित्सकद्वारा गरिने यस्ता शिविरबाट सेवाग्राहीलाई सहजता प्रदान गरेको छ ।

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका