धरानः धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) द्वारा आयोजित बार्षिक साधारण सभामा पेस गरेको आर्थिक प्रतिवेदन, पारदर्शी र विश्वासिलो नभएको भन्दै संयुक्त विद्मार्थी संगठनहरुले आज प्रेस विज्ञप्ती जारी गरेको छ।
संयुक्त विद्मार्थी संगठनहरुले विभिन्न कालखण्ड र समयमा विद्मार्थीहरुको हक अधिकार लगाएत सामाजिक न्याय सुशासन र आर्थिक पारदर्शिताको विषयमा, आवाज बुलन्द गर्दै आएको विज्ञप्तीमा उल्लेख गरेको छ।
महेन्द्र बहुमुखी क्याम्पस धरानमा स्वतन्त्र बिद्मार्थी युनियनले मिती २०८१/०९/२३ र २५ गते भएको साधरण सभामा पेस गरेको आर्थिक प्रतिवेदनको विभिन्न शिर्षकमा देखाईएको खर्चको रकम साधारण पारदर्शी र विश्वासिलो नभएको कारण विद्मार्थी संगठनहरुले खर्चको बिल र बैंक स्टेट्मेन्ट देखाउन माग गर्दा स्ववियुले दिन नमानेको कारण उक्त आर्थिक प्रतिवेदन विद्मार्थी संगठनहरुबाट पास नभएको जानकारी गराउदै संयुक्त विद्मार्थी संगठनहरुले क्याम्पस प्रमुख र प्रशासनलाई प्रेस विज्ञाप्ती मार्फत माग राखेका छन।
संयुक्त विद्मार्थीहरुको मागहरु यसप्रकार रहेको छ “साधरण सभाले अनुमोदन नगरेको आर्थिक प्रतिवेदन क्याम्पस प्रशासनले त्रीवि खेलकुद निर्देशनालय लगायत सम्बन्धीत निकायमा पठाउन नपाउने,”स्ववियुको खाताको बैंक स्टेटमेन्ट आम विद्मार्थीहरु माझ सार्बजानिक नगरे सम्म क्याम्पस प्रशासनबाट स्ववियुको खातामा रकम हस्तान्तरण गर्न नपाउने”। स्ववियुले प्रत्येक विद्मार्थीबाट लिदै आएको स्ववियु शुल्कको रकम रु १०० बाट बृद्वी गरि रु ५०० पुर्याएको रकम तत्काल घटाउनु पर्ने र बढी लिएको रकम सम्बन्धीत विद्मार्थीहरुलाई फिर्ता गराउन भनिएको छ। उक्त माग पूरा नभए विद्मार्थी संगठनहरु जुन सुकै कदम चाल्न बाध्य हुने चेतवानी समेत दिएको छ।
उक्त विज्ञप्तीमा महेन्द्र बहुमुखी क्याम्पस, नेविसंघ सभापती विनोद आले मगर, अनेरास्ववियु का.अध्यक्ष सबिन श्रेष्ठ, अखिल ( कान्तीकारी)का अध्यक्ष विपिन लिम्बू र समाजवादी विद्मार्थी युनियन नेपालका अध्यक्ष सविरसिं यक्सो लिम्बुले हस्ताक्षर गरेका छन।