शिक्षा

हिबिस्कस बोडिङ स्कुलको वार्षिक उत्सवमा पत्रकार प्रधान सम्मानित

धरान: हिबिस्कस बोर्डिङ स्कुल धरान– १५ ले आफ्नो बार्षिकोत्सबका अवसरमा कपुरी न्युजका पत्रकार रश्मि प्रधानलाई पुरस्कृत गरेका छन ।

स्कुलले आइतवार युवा संचारकर्मी रश्मि प्रधानलाई नगद ५ हजार सहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका माननीय रमेश कुमार बस्नेतले दोसल्ला ओढाई सम्मान पत्र र नगद सहित सम्मान गर्नु भएको थियो ।

संन्चारकर्मी प्रधान धरानलाई कार्यक्षेत्र बनाई विगत एक दशक भन्दा लामो समयदेखि पत्रकारीता क्षेत्रमा सकृय पत्रकारीता गरीरहेकी छिन् । स्कुलले हरेक वर्ष वार्षिक उत्सवका अवसरमा एकजना संचारकर्मीलाई पुरस्कृत गर्दै आएको छ ।

उक्त कार्यक्रममा २०८० सालको वार्षिक परीक्षामा पहिलो, दोश्रो र तेश्रो हुने नर्सरी देखि कक्षा–११ सम्मका बिद्यार्थीहरु र बार्षिक खेलकुदमा उत्कृष्ट हाउसलाई पुरस्कार र प्रमाणपत्र बितरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि माननीय रमेश कुमार बस्नेतले नीजि स्कुलहरुले शिक्षा क्षेत्रमा ठूलो .योगदान पुर्‍याएको बताउनु भयो । उहाँले समुदायसंग मिलेर नीजी विद्यालयहरु अघि बढेको बताउदै पढाईका अतिरिक्त विभिन्न क्षेत्रमा समेत नीजी विद्यालयले विद्यार्थीहरुलाई अघि बढाएको उल्लेख गर्नु भएको छ ।

बस्नेतले पछिल्लो समय मोवाइलले धेरै कुरा समस्या समाधान गर्दै आएपनि कतिपय अवस्थामा सामाजिक संन्जाललाई युवा पुस्ताले गलत प्रयोग गरेको कारण समस्या आउने गरेकोले त्यसमा ध्यान दिन सुझाव दिनु भएको थियो।

कार्यक्रममा धरान – १५ का वडा अध्यक्ष नरेश इवाराम, नेपाल पत्रकार महासङ्घ सुनसरीका निबर्तमान अध्यक्ष जनकऋषि राई, श्यामचोक युवा समाजका अध्यक्ष ललित योन्जन, श्यामचोक समाजका अध्यक्ष दिनेश रानामगर, लगायतले बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरेका थिए ।

स्कुलका प्रबन्ध निर्देशक गङ्गाराम कुलुङको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य, नाटक र गीत प्रस्तुत गरि अभिभावकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए । कार्यक्रमको संन्चालन शिक्षक नयन राईले गरेका थिए ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई