खेलकुद

१९ औँ डिपो कप: इमानुयल, दिल्ली पव्लिक, माउन्ट हार्मन र हिविस्कस स्कुल विजयी

धरान: डिपो स्कुलको आयोजनामा आयोजित १९ औ अम्वर ललित डिपो कपमा आइतवार भएको खेलमा इमानुयल बोडिङ्, दिल्ली पव्लिक, माउण्ट हर्मन र हिविस्कस बोडिङ स्कुल विजयी भएका छन ।

आइतवार सम्पन्न भएको इमानुयलले समिट स्कललाई ६–० गोल अन्तरले पराजित गरेको छ । खेलमा इमानुयलका सौगात श्रेष्ठ एक्लैले ५ गोल गरेका थिए भने विकेश विष्टले एक गोल गरेका थिए । दोस्रो खेलमा दिल्ली पव्लिक स्कुलले नोवेल एकेडेमिलाई टाइवेकरमा ४–३ गोल अन्तरले पराजित गरेका छन । निर्धारित समय सम्ममा दुवै तर्फ गोल हुन नसके पछि खेल टाइवेकरमा गएको थियो । टाइवेकरमा दिल्ली पव्लिकका रोहन लिम्वु, सार्थक खवास, रिवन राई र आर्नभ जिमिले गोल गरेका थिए भने नोवल एकेडेमिका साहिल राई, रेहान रसाइली र डेनिल लिम्बुले गरेका थिए ।

 यसै गरि सोहि दिन भएको तेस्रो खेलमा आयोजक डिपो स्कुललाई माउण्ट हर्मनले ३–० गोल अन्तरले पराजित गरे । खेलमा तीनै गोल माउण्ट हर्मनका युजल सेवाले गरेका छन ।  आइतवारको अन्तिम खेलमा हिविस्कस स्कुलले सुनाखरी स्कुललाई १–० गोलले पराजित गरे । खेलमा हिविस्कसका याकुस तामाङले गोल गरेका थिए । आजको भएको खेलमा समिट स्कुलका हसिव देव, नोवेल एकेडेमिका साहिल राई, डिपो स्कुलका कसम राई र सुनाखरि स्कुलका तान्छो याक्खा म्यान अफ द म्याच घोषित भए ।

उनिहरुलाई सुनसरी फुटवल संघका अध्यक्ष नविन राई, प्रतियोगिताका संयोजक डिपो स्कुल व्यवस्थापन समिति सदस्य द्धिपराज राई र व्यावस्थापन समिति सदस्य सुर्यपन्धाक लिम्बुले ट्रफि र प्रमाणपत्र प्रदान गरेका छन ।
सोमवार देखि सुरु हुने दोस्रो चरणको खेलमा आयोजक डिपो स्कुल रेड र प्रभात स्कुल र काम्रेल हाइ स्कुल र पुलिस स्कुल विच प्रतिस्पर्धा हुनेछ । पुस १२ गते देखि १९ गते सम्म सम्पन्न हुने प्रतियोगिताको खेल डिपो स्कुलको खेल मैदानमा भइरहेको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक